Oct 29 2026 | २०८३, कार्तिक १३गते

अभिभावकको स्वीकृतिबेगर विद्यार्थीको विवरण नदिन निर्देशन

अभिभावकको स्वीकृतिबेगर विद्यार्थीको विवरण नदिन निर्देशन

  • 304
    SHARES

  • अभिभावकको स्वीकृतिबेगर विद्यार्थीको विवरण नदिन निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीको व्यक्तिगत विवरण कसैलाई उपलब्ध नगराउन निर्देशन दिएको छ । विद्यार्थीको नामथर, जन्ममिति, सम्पर्क नम्बर तथा इमेलजस्ता नितान्त व्यक्तिगत विवरणहरु अनाधिकृत व्यक्ति र संस्थालाई उपलब्ध गराउँदा विद्यार्थीहरु मानसिक तनावमा परेको व्यापक उजुरीहरु आएको उल्लेख गर्दै केन्द्रले सोबारे गम्भीर ध्यानाकर्षण भएको बताएको हो । 

    केन्द्रले सबै विद्यालयलाई पत्राचार गर्दै अभिभावकको स्वीकृतिबेगर विद्यार्थीको व्यक्तिगत विवरण कसैलाई नदिन भनेको छ । पत्रमा भनिएको छ,‘विद्यार्थीहरुको व्यक्तिगत विवरणको गोपनियता, सुरक्षित शैक्षिक वातावरण तथा अनावश्यक प्रभावबाट संरक्षण गर्ने उद्देश्यले विद्यालयबाट कुनैपनि विद्यार्थीको व्यक्तिगत विवरण अभिभावकको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन तथा यस्ता गतिविधि हुन नदिन आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’

    images
    बुधवार, जेठ २७ २०८३०४:३६:३७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल