Oct 29 2026 | २०८३, कार्तिक १३गते

कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिने सरकारको निर्णय

कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिने सरकारको निर्णय

  • 1.1K
    SHARES

  • कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिने सरकारको निर्णय

    सरकारले कक्षा ५ सम्म अध्ययनरत बालबालिकाका लागि आन्तरिक परीक्षा लिने प्रचलन आगामी शैक्षिक सत्रदेखि हटाउने निर्णय गरेको छ। बालबालिकामा अनावश्यक मानसिक दबाब र मनोवैज्ञानिक असर कम गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।

    नेपाल सरकारको शनिबार बसेको बैठकले 'शासकीय सुधारको १०० बुँदे कार्यसूची' अनुसार अब साना कक्षाका विद्यार्थीहरूको मूल्याङ्कन पारम्परिक परीक्षा प्रणालीबाट नभई बालमैत्री, व्यवहारिक र निरन्तर मूल्याङ्कन विधिबाट गरिनेछ। यसले विद्यार्थीको सिकाइ प्रक्रिया सहज, रमाइलो र तनावमुक्त बनाउने अपेक्षा गरिएको छ।

     
     

    मन्त्रालयले विद्यालयहरूलाई नयाँ मूल्याङ्कन प्रणाली लागू गर्न आवश्यक कार्यविधि र निर्देशिका चाँडै उपलब्ध गराउने जनाएको छ। शिक्षकहरूलाई पनि विद्यार्थीको समग्र विकास—जस्तै व्यवहार, सिर्जनात्मकता र सहभागिताका आधारमा मूल्याङ्कन गर्ने गरी तयारी गर्न आग्रह गरिएको छ।

     

    images
    सोमवार, चैत्र १६ २०८२१२:२०:५९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल