सोमवार, श्रावण २० २०८२
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ नतिजामा बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुँदा कर्णाली प्रदेशबाट सबैभन्दा कम विद्यार्थी उत्तिर्ण भएका छन् ।
नन ग्रेड पाउने सूचीमा पनि बागमती पहिलो नम्बरमा छ । बागमतीका ८७ हजार ९७६ विद्यार्थी उत्तिर्ण हुँदा ३६ हजार ८६५ विद्यार्थी नन ग्रेड अर्थात अनुत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सबैभन्दा कम विद्यार्थी सहभागी भएको कर्णालीबाट १२ हजार ७७७ विद्यार्थी उत्तीर्ण हुँदा १२ हजार ६८१ विद्यार्थी अनुत्तिर्ण भएका छन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल