Oct 29 2026 | २०८३, कार्तिक १३गते

कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’

कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’

  • 1.2K
    SHARES

  • कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। शुक्रबार साँझ बोर्ड बैठकपछि परीक्षाफल सार्वजनिक भएको हो।

    गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।  

    यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा समावेश भएका छन्। यो संख्या गत वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो।  हामीले यहाँ ग्रेडमा समावेश विद्यार्थीहरूको प्रदेशगत विवरण पेस गरेका छौँ। 


     

    कुन प्रदेशका कति विद्यार्थी ग्रेडमा समावेश? 
    कोसी- ४७ हजार ८३५ 
    मधेस- ५९७४९
    बागमती- ११९५१७

     

    गण्डकी-  ४७८४९
    लुम्बिनी- ५७६८७
    सुदुरपश्चिम- ५९८०४
    कर्णाली प्रदेश- ४६४५५

     

    कति विद्यार्थीको कति जीपीए?
    ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
    ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
    २.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
    २.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
    २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
    १.६ देखि २ जीपीए ल्याउने ८ जना
    परीक्षा रद्द भएका १२६
    अवर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७

    ग्रेडमा २ लाख ७१ हजार २९९ जना परेका छन्।  यस वर्ष सबैभन्दा धेरै गणित विषयमा विद्यार्थी ननग्रेडमा परेका छन्।  १ लाख २८ हजार २१५ जना विद्यार्थी ननग्रेडमा परेका हुन्। त्यस्तै अंग्रेजीमा ८० हजार ६७२ र नेपालीमा ५४ हजार ७३५ जना पनि ननग्रेडमा छन्।

    जम्मा ननग्रेडमा पर्ने विद्यार्थीको संख्या १ लाख ६७ हजार ५९७ जना छन्।  

    परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, टेलिफोन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सक्नेछन्। विद्यार्थीले साँझ ९ बजेपछि मात्रै सिस्टमबाट नतिजा थाहा पाउन सक्नेछन्। 

    images
    शुक्रवार, आषाढ १३ २०८२०८:२८:४१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल