Oct 29 2026 | २०८३, कार्तिक १३गते

विद्यालय शिक्षा विधेयकमा जुट्यो सहमति, शिक्षा समितिले भोलि पारित गर्ने

विद्यालय शिक्षा विधेयकमा जुट्यो सहमति, शिक्षा समितिले भोलि पारित गर्ने

  • 667
    SHARES

  • विद्यालय शिक्षा विधेयकमा जुट्यो सहमति, शिक्षा समितिले भोलि पारित गर्ने

    विद्यालय शिक्षा विधेयकमा सहमति जुटेको छ । निजी विद्यालयको सञ्चालन तथा व्यवस्थापन, प्रारम्भिक बाल विकास शिक्षा लगायतका विषयमा विवाद देखिएको थियो । लगातार दुई दिनको छलफलपछि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले दुवै विवादित विषयमा सहमति जुटाएको हो ।


    सहमति जुटेसँगै विधेयक पारित गर्नका लागि भोलि दिउँसो १ बजेका लागि शिक्षा समिति बैठक बोलाइएको छ । भोलि बस्ने बैठकले विधेयक पारित गरेपछि असार १५ गतेको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी छ । 

    सहमति अनुसार निजी विद्यालयलाई सेवामूलक, लोक कल्याणकारी र क्रमशः गैरनाफामुलक गर्दै लगिनेछ ।आजको समिति बैठकमा सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

    उक्त प्रस्तावमा सांसदहरूले आ–आफ्ना तर्क राखेका थिए । त्यसपछि निजी विद्यालय सेवामूलक, लोक कल्याणकारी क्रमशः गैरनाफामुलक बनाएर जाने गरी उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 
     

    त्यस्तै प्रारम्भिक बाल विकास शिक्षा (ईसीडी)लाई दुई वर्षे बनाउने सहमति जुटेको छ । सभापति थापाले सामुदायिक र निजी विद्यालयमा ईसीडी दुई वर्षे राख्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा समिति सदस्यहरूले आफ्नो धारणा राखेका थिए । 

    images
    शुक्रवार, आषाढ १३ २०८२०५:५०:५८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल