शुक्रवार, माघ ११ २०८१
नेपालगञ्ज - बढ्दो चिसोबाट बालबालिकालाई जोगाउन नेपालगञ्ज उप महानगरपालिका क्षेत्र भित्रका विद्यालयहरुमा तीन दिन विदा दिईएको छ । नगर प्रमुख प्रशान्त बिष्टको आदेश अनुसार विद्यालय बन्दको निर्णय गरिएको नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले जानकारी दिए । 'तराई क्षेत्रमा चलिरहेको शितलहरका कारण अत्यधिक चिसो भएकोले नगर प्रमुखको आदेश अनुसार तीन दिन सम्म सबै प्रकारका विद्यालयहरुमा पठनपाठन अनिवार्य रुपमा बन्द गर्न' भन्दै शाखाले सूचना समेत जारी गरेको छ । बुधबार देखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । १२ गते शनिबार परेकाले विद्यार्थी चार दिन पछि आईतबार दखि विद्यालय जानेछन् । यो विदालाई जाडो विदाबाट मिलान गर्ने थापाले बताए । केही समय यता पश्चिम तराई क्षेत्रमा दिउँसो घाम नलाग्ने र राती आकाश खुल्ला हुँदा अत्यधिक शीत पर्दै आएको छ । जसले गर्दा त्यस क्षेत्रमा जाडो बढेको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल