बुधवार, माघ २ २०८१
काठमाडौँ । नेपाल शिक्षक महासंघले संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ध्यानाकर्षण गराएका छन् । कांग्रेस महामन्त्री थापालाई भेटेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको विधेयक चाँडो पारित गराउन ध्यानाकर्षण गराएका हुन् । संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गराउन ध्यानाकर्षण गराइएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । भेटको क्रममा सरकारले भर्खरै जारी गरेको अध्यादेशका सम्बन्धमा समेत गम्भीर छलफल भएको उनको भनाइ छ । महासंघले समितिमा छलफलको क्रममा रहेको विधेयक चाँडो टुङ्गो लगाउनुपर्ने माग राख्दै आएको छ । सोही आधारमा महासंघले सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल