Oct 29 2026 | २०८३, कार्तिक १३गते

इन्टरनेशनल र पब्लिक लेख्ने विद्यालयलाई कडाइ गर्दै काठमाडौ महानगर

इन्टरनेशनल र पब्लिक लेख्ने विद्यालयलाई कडाइ गर्दै काठमाडौ महानगर

  • 790
    SHARES

  • इन्टरनेशनल र पब्लिक लेख्ने विद्यालयलाई कडाइ गर्दै  काठमाडौ महानगर

    काठमाडौँ– पौष २०, काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नामको पछाडि इन्टरनेशनल र पब्लिक राख्नेलाई कडाइ गर्ने तयारी गरेको छ । यसअघि अंग्रेजी नाम रहेकालाई नेपालीकरण गर्ने सफल हुन नसके पनि इन्टरनेशनल र पब्लिक हुन मापदण्ड पुरा नभएकालाई कडाइ गर्ने तयारी गरेको हो । महानगरले इन्टरनेशनल, पब्लिक हुन मापदण्ड पुरा नगर्ने विद्यालयमा लेखा परीक्षक नै नतोक्ने नीति लिन लागेको स्रोतले जनाएको छ । नियमावलीको नियम ८७ मा व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकले प्रत्येक वर्ष शिक्षा अधिकारीबाट नियुक्त लेखापरिक्षकबाट लेखापरिक्षण गराउनु पर्ने व्यवस्था छ । २०७४ चैत ५ मा जारी महानगरको शिक्षा नियमावलीको नियम ७० को उपनियम २ मा विद्यालयको नामको पछाडि पब्लिक र इन्टरनेशल लेख्न निश्चित मापदण्ड तोकेको छ । संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययन गरेको हुनुपर्ने, नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनु पर्ने र इन्टरनेशनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संस्थामा विदेशी विद्यार्थी हुनु पर्ने प्रावधान छ । शिक्षा नियमावलीमा भएको प्रावधान कार्यान्वयनमा कडाइ गर्न लागेको महानगरका विज्ञ सदस्य शैलेन्द्र झाले बताए । ‘विद्यालयको नाममा इन्टरनेशनल लेख्नै नपाइने भन्ने होइन तर, इन्टरनेशनल लेख्नको लागि तोकिएको मापदण्ड पुरा गर्नुपर्छ भन्ने हो,’उनले भने ।

    images
    शनिवार, पौष २० २०८१०८:१५:४३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल