Oct 29 2026 | २०८३, कार्तिक १३गते

सांसद नै नआए पछि शिक्षा विधेयकको छलफल रोकियो !

सांसद नै नआए पछि शिक्षा विधेयकको छलफल रोकियो !

  • 721
    SHARES

  • सांसद नै नआए पछि शिक्षा विधेयकको छलफल  रोकियो !

    काठमाडौं - प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा विद्यालय शिक्षा विधेयक माथि छलफल गर्ने कार्यसूची थियो । दिउँसो दुई बजेलाई बैठक निर्धारण गरेर समितिले शुक्रबार सूचना जारी गरेको थियो । तर, निर्धासित समयमा समितिमा भएका २४ सदस्य मध्ये १० जना मात्रै उपस्थित भए पछि बैठक नै स्थगित भएको छ । कोरम नपुगेर बैठक स्थगित गरिएको समिति सभापति अम्मरबहादुर थापाले बताए । ‘बैठकमा कोरम पुग्न १३ जना सांसद आवश्यक पर्नेमा १० जना मात्रै उपस्थित भएकोले आजको बैठक स्थगित गरिएको छ’ उनले भने । विद्यालय शिक्षा विधेयकको दफावार छलफल गर्न बोलाइएको बैठकमा अधिकाँश पुरुष सांसद अनुपस्थित थिए । पुरुष सांसदहरु नै बैठकमा आए पछि केही बेर खोजी भएको थियो । सभापति थापाले बैठक स्थगित भएको जानकारी गराउँदा महिला सांसदहरुले पुरुष सांसद नआएकै कारण स्थगित भएको बताएका थिए । समितिका अनुसार कालुराम राई, चन्द्रकान्त भण्डारी, छविलाल विश्वकर्मा, डिगबहादुर लिम्बु, देवेन्द्र पौडेल, धनराज गुरुङ, प्रभु हजारा, राम प्रकाश चौधरी बैठकमा अनुपस्थित थिए । २४ जना सांसद मध्ये ९ जना पुरुष सांसद छन् । बैठकमा ईश्वरी घर्ती, दिपा शर्मा, महेन्द्रकुमार राय, रेखा शर्मा, बिनिता कुमारी सिंह, सरिता भुषाल, सुमना श्रेष्ठ, संगिता मण्डल धानुक, ज्ञानु सुवेदी बस्नेत र महेन्द्र राय यादव मात्रै सहभागि थिए । यादव पनि आँखामा समस्या भएको भन्दै बैठक कक्षबाट बाहिरिएका थिए । महिला सांसदहरुमा तोसिमा कार्की, बिना जैसवाल, लिलादेवी बोखिम लिम्बु अनुपस्थित थिए । अरु महिला सांसद उर्मिला थेवे र मनोरमा शेरचन बिरामी छन् ।

    images
    सोमवार, मंसिर २४ २०८१०९:१४:४२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल