Oct 29 2026 | २०८३, कार्तिक १३गते

मन्त्री भट्टराई भन्छिन् कानुनमा निजी विद्यालयमा पढ्ने १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति, व्यवहारमा न्यून

मन्त्री भट्टराई भन्छिन् कानुनमा निजी विद्यालयमा पढ्ने १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति, व्यवहारमा न्यून

  • 763
    SHARES

  • मन्त्री भट्टराई भन्छिन् कानुनमा निजी विद्यालयमा पढ्ने १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति, व्यवहारमा न्यून

    Screenshot-2024-11-30-at-18.39.44_8CWwqZexh8.pngकाठमाडौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले निजी विद्यालयले कानुनमा तोकेको छात्रवृत्ति दिन आग्रह गरेकी छन् । प्याब्सनको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा बढीमा १५ प्रतिशतसम्म छात्रवृत्ति दिनु पर्ने प्रावधान भएकोले निजी विद्यालयले अनिवार्य पालना गर्नु पर्ने उनले बताइन । ऐनमा दफा २७ को उपदफा ३ (क) मा पाँच सय विद्यार्थी भएको विद्यालयले १० प्रतिशत, पाँच सय देखि आठसम्म विद्यार्थी भएकाले १२ प्रतिशत र आठ सय देखि बढी विद्यार्थी भएको विद्यालयले १५ प्रतिशत छात्रवृत्ति दिनु पर्ने प्रावधान छ । यो व्यवस्था अनिवार्य कार्यान्वयन गर्नु पर्ने उनले बताइन । तपाईँहरू कानुनमा भएको यो प्रावधान कार्यान्वयन गर्न तयार हुनुपर्छ । तपाईँहरू माथि लाग्ने गरेको आरोप खण्डन लागि भए पनि कार्यान्वयन गर्नु पर्छ,’उनले भनिन । अनिवार्य शिक्षा ऐनमा राखिएको प्रावधान अनिवार्य कार्यान्वयन गर्नु सरकारको दायित्व भएको मन्त्री भट्टराईले बताइन । यो ऐन कार्यान्वयन नगर्ने हो भने सरकार, नेता र राजनीतिक दलप्रति अविश्वास हुने उनले बताइन । ‘एउटा बोल्छौ र अर्को गर्छौ भन्ने जुन भाष्य छ त्यसलाई चिरेर जे बोल्छौ त्यो गर्छौ भन्ने हुनुपर्छ,’उनले भनिन्,‘म पदको लागि आएको होइन । कामको लागि आएको हु । परिवर्तनको लागि आएको हु । नीति र ऐन बाधक छ भने नागरिकलाई केन्द्रमा राखेर बदल्नु पर्छ ।’ त्यस्तै निजी विद्यालयमा कार्यरत शिक्षकको सुरक्षाको लागि सामाजिक सुरक्षा कोषमा आबद्धता उनले आग्रह गरिन । संविधान अनुसार विद्यालय शिक्षा ऐन जारी हुने उनले बताइन । शिक्षा ऐन चाडै पारित हुने उनले बताइन । ‘शिक्षा ऐन ल्याउँछौ । ६० दिन भन्दा बढी विधेयक समितिमा रोकियो भने सरकारले फिर्ता गर्ने भनेर प्रधानमन्त्री र सभामुख बिच कुरा भएको छ,’उनले भनिन,‘ निजी विद्यालयको लगानी सुरक्षित हुने गरी ऐन आउँछ ।’ अब बन्ने ऐन भावनामा बगेर नभई वास्तविकता र संविधानमा टेकेर बन्ने उनले बताइन । ‘कोही पनि राजनीतिक व्यक्तिले आवेगमा नीति बनाउनु हुदैन । भावनामा बगेर ऐन बनायौ भने मुलुक छाड्ने अझ बढ्छ,’उनले भनिन् ।

    images
    आइतवार, मंसिर १६ २०८१०८:३२:२०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल