बुधवार, मंसिर १२ २०८१
भक्तपुर–निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन मध्यपुरथिमी नगर प्याब्सनको अध्यक्षमा सुमन बस्नेत चयन भएका छन् । तेस्रो नगर अधिवेशनले युनिक नेपाल एकाडेमी लोकन्थलीका बस्नेतको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा लर्ड बुद्ध इङलिस स्कूलका बुद्धरत्न बादे, सचिवमा तपोभूमि स्कूलका मनोज दिक्षित र कोषाध्यक्षमा एडभान्स एकाडेमीका सोमकृष्ण प्रजापति चयन भएका हुन् । प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष जनप्रेमी स्कुलका निलेश आचार्य मनोनयन गरिएको छ । सदस्यमा एक्टिभ इङलिस स्कुल आशाहरी प्रजापति, क्रियटिभ लर्नस एकाडेमीका कृष्णहरी धवा श्रेष्ठ र वेल फेयर एकाडेमीका अनिता कायस्त निर्वाचित भएका हुन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल