Oct 29 2026 | २०८३, कार्तिक १३गते

११ र १२ कक्षामा २५ वर्षअघि फेल भएकालाई पनि मौका परीक्षा दिने अवसर! !

११ र १२ कक्षामा २५ वर्षअघि फेल भएकालाई पनि मौका परीक्षा दिने अवसर! !

  • 697
    SHARES

  • IMG_20241113_073925.jpgभक्तपुर–राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ कक्षामा २५ वर्षअघि भर्ना भएर परीक्षामा सहभागी भई फेल भएकालाई पनि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । उच्च माध्यमिक परिषद् हुँदाको बेला लिएको परीक्षामा फेल भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको हो । परीक्षा दिएर फेल भएका र परीक्षामा अनुपस्थित भएकाले पनि आउँदो वैशाखमा हुने परीक्षा दिन पाउने भएका छन् । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ०५६ देखि यता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका, डी र ई ग्रेड प्राप्त गरेका र अनुपस्थित भएका विद्यार्थीलाई मौका परीक्षा लिन लागेको हो । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएकालाई अन्तिम एक पटकका मौका दिइएको उनले बताए । उनले भने,‘अनुत्तीर्ण भएका वा तोकिएको ग्रेड प्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएकोले परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले मंसिर २७ गतेभित्र आफू पढेको विद्यालय मार्फत परीक्षा आवेदन दिन सक्नु हुनेछ ।’ परीक्षार्थीले हरेक कक्षाको एक हजार रुपैयाँ परीक्षा शुल्क तिर्नु पर्ने हुन्छ । कक्षा ११ र १२ दुवैको परीक्षा दिने हो भने दुई हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यस्तै प्रयोगात्मक विषय मात्र बाँकी छ भने एक हजार तिर्नु पर्ने हुन्छ । परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्नेछ । खारेज भएका वा हाल सञ्चालनमा नआएका विद्यालयमा अध्ययन गरेका परीक्षार्थीहरूले समेत राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयहरूमा सोझै सम्पर्क राखी आवेदन फाराम बुझाउनु पर्ने हुन्छ ।

    images
    बुधवार, कार्तिक २८ २०८१०७:३९:०६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल