Oct 29 2026 | २०८३, कार्तिक १३गते

पाठ्यक्रम विकास केन्द्रले यस बर्ष कक्षा १० को पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन हुने

पाठ्यक्रम विकास केन्द्रले यस बर्ष कक्षा १० को पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन हुने

  • 1.2K
    SHARES

  • पाठ्यक्रम विकास केन्द्रले यस बर्ष कक्षा १० को पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन हुने

    भक्तपुर - पाठ्यक्रम विकास केन्द्रले यस वर्ष कक्षा १० को पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन गर्ने भएको छ । कार्यान्वयनमा आएको दोस्रो वर्षमा नै परिमार्जन गर्न लागिएको हो । परिमार्जन भएको पाठ्यक्रम शैक्षित्र सत्र बैशाखदेखि लागू गर्ने योजना रहेको केन्द्रका प्रवक्ता बासुदेव वस्तीले बताए । डा. हरिप्रसाद पोखरेल, ज्ञानबहादुर अधिकारी, केशव रुपाखेती, दीपिका शर्मा, हेमराज खतिवडाले संयुक्त रुपमा लेखेको अहिले कार्यान्वयनमा रहेको सामाजिक अध्ययन २०८० बाट लागू भएको थियो । १० इकाइ, ७४ वटा पाठ रहेको सामाजिकमा धेरै विद्यार्थी नन् ग्रेडेड भएपछि यसलाई सहज बनाउन लागेको केन्द्रले जनाएको छ । विद्यार्थीको रुची र आवश्यकता, सरोकारवालाले दिएको पृष्ठपोषणको आधारमा पाठ्यक्रम परिमार्जन गर्न लागेको प्रवक्ता वस्तीले बताए । ‘परिमार्जन गरेर अध्यावधिक गरिएको पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ’ उनले भने । यही परिमार्जित पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक लेखनको काम सुरु हुने उनले बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एक सय दिनको प्रगतिमा पाठ्यक्रम परिमार्जनको विषयलाई पनि राखेकी छन् । हरेक पाँच वर्षमा परिमार्जन र १० वर्षमा पाठ्यक्रम परिवर्तन हुने भए पनि सामाजिकको भने तीन वर्षमै समय अनुकुल बनाउन लागिएको हो ।

    images
    शुक्रवार, कार्तिक २३ २०८१०६:३१:३६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल