शुक्रवार, कार्तिक २ २०८१
काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । भदौ २५ र २६ मा लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो ।वैशाखमा लिएको नियमित परीक्षामा दुई विषयसम्म एनजी आएका विद्यार्थीले ग्रेडबृद्धि परीक्षा दिएका छन् । एक लाख २७ हजार विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिएका छन् । बोर्डले ग्रेडवद्धि परीक्षा लिएको शुक्रवार ३७ दिन भयो । नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी रहेको बोर्ड स्रोतले जनाएको छ । ‘बोर्ड बैठक बोलाइसकेको छ । ढिलोमा दुई दिनभित्र नतिजा सार्वजनिक भइसक्छ,’बोर्ड स्रोतले भन्यो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल