Oct 28 2026 | २०८३, कार्तिक १२गते

मन्त्रालय बाट स्वीकृति लिएका ६ सय कन्सल्टेन्सीले नवीकरण गर्न आवेदन नै दिएनन्

मन्त्रालय बाट स्वीकृति लिएका ६ सय कन्सल्टेन्सीले नवीकरण गर्न आवेदन नै दिएनन्

  • 1.4K
    SHARES

  • मन्त्रालय बाट स्वीकृति लिएका ६ सय कन्सल्टेन्सीले नवीकरण गर्न आवेदन नै दिएनन्

    काठमाडौँ–विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिन खुलेका ६ सय संस्थाले शिक्षा मन्त्रालयमा पुनः नवीकरण गर्न निवेदन नै दिएका छैनन् । मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अनुसार ६ वर्ष अघि अनुमति लिएका मध्ये ८ सय ७५ संस्थाले मात्रै नवीकरणको लागि आवेदन दिएका छन् । मन्त्रालयका अनुसार ६ वर्षअघि एक हजार चार सय ७३ संस्थाले विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्शको व्यवसाय गर्ने भन्दै अनुमति लिएका थिए । मन्त्रालयले अनुमति दिए पनि नवीकरण नगरेपछि शैक्षिक परामर्श सेवा, ब्रिज कोर्स, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने यी संस्थाहरू २०७५ साल साउन १४ गतेबाट नवीकरण बिनै सञ्चालन भइरहेको थियो । मन्त्रालयले गुगल फर्म मार्फत नवीकरणको लागि अनलाइन निवेदन दिनु पर्ने व्यवस्था गरेको थियो । पहिलो चरणमा असार १६ देखि साउन ५ सम्म मन्त्रालयले माग गरेको विवरण भर्नु पर्ने सूचना अनुसार ८ सय ७५ ले मात्रै आवेदन दिएका हुन् । ‘अन्य केही संस्थाले हामीले ढिला थाहा पाएकोले आवेदन दिन सकेनौ भनेका छन्,’मन्त्रालयका एक कर्मचारीले भने,‘पुनः आवेदन खुलाउन फाइल अघि बढेको चाडै निर्णय हुन्छ होला ।’ कार्य तालिका अनुसार गुगल फर्मबाट आएको निवेदनको भेरिफिकेन भइसकेको छ । मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा नवीकरण लागि सफ्टवेयर एप्लीकेशन मार्फत कागजपत्र अपलोड गर्नु पर्ने व्यवस्था गरेको छ । ०७५ साउन १४ अघि नै अनुमति प्राप्त गरेका संस्थाहरुलाई ०८१/८२ बाट नवीकरण गर्ने प्रयोजनको लागि इमेलमा एप्लिकेसन सञ्चालनको लागि पासवर्ड पठाइसकेको मन्त्रालयले जनाएको छ । युजर आइडी भने संस्थाले उपलब्ध गराएको भ्याट/पान नम्बर कायम गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ,‘संस्थाहरूले आफ्नो इमेलमा प्राप्त भएको पासवर्डको प्रयोग गरेर आफ्नो प्रोफाइल तयार गर्ने र तोकिएको कागजपत्र भदौ ५ भित्र अनिवार्य अपलोड गरिसक्नु पर्ने हुन्छ ।’ म्याद भित्र कागजपत्र पेस नगर्नेको निवेदनको कारबाही प्रक्रिया अघि नबढ्ने सूचनामा उल्लेख छ ।

    images
    मंगलवार, श्रावण २९ २०८१०९:३१:२४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल