Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षकको सेवा रिजल्टको आधारमा हुनु पर्छ।एक पटक आयोग पास हुँदैमा सधैँ शिक्षक हुने व्यवस्था गलत

शिक्षकको सेवा रिजल्टको आधारमा हुनु पर्छ।एक पटक आयोग पास हुँदैमा सधैँ शिक्षक हुने व्यवस्था गलत

  • 880
    SHARES

  • शिक्षकको सेवा रिजल्टको आधारमा हुनु पर्छ।एक पटक आयोग पास हुँदैमा सधैँ शिक्षक हुने व्यवस्था गलत

    काठमाडौं - श्रावण १३,एक पटक शिक्षक सेवा आयोगको परीक्षा पास गरे पछि सँधै शिक्षक हुने व्यवस्था बदल्न संसदीय समितिमा प्रस्ताव आएको छ । शिक्षकलाई सेवामा राख्ने नराख्ने विषय विद्यार्थीको नतिजाका आधारमा तय गर्नु पर्ने सांसदको तर्क छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुधबार भएको विद्यालय शिक्षा विधेयक माथिको छलफलमा भाग लिदैं एमाले सांसद सूर्यप्रसाद ढकालले उक्त तर्क गरेका हुन् । शिक्षक सेवा आयोगको परीक्षा पास भएका शिक्षक सधैँ रहन पाउने व्यवस्था गलत भएको भन्दै उनले बिरोध जनाएका छन् । ‘एउटा विषय पढाएका शिक्षकले लगातार तीन बर्ष सम्म राम्रो रिजल्ट निकाल्दैन भने त्यो शिक्षकको बारेमा हामीले के गर्छौ ?’ प्रश्न गर्दै उनले भने ‘लगातार पढाईरहेको छ तर तीन बर्ष सम्म रिजल्ट जिरो छ, फेरी पनि उ शिक्षक भएर विद्यालय गईराखेकै छ, त्यस कारण लगातार तीन बर्ष पढाउँदा पनि शिक्षकले आफ्नो विषयमा राम्रो रिजल्ट निकाल्न सक्दैन भने त्यस माथि के गर्ने हो ? यो विषय पनि विधेयकमा समेटिनु पर्छ ।’ एक पटक पास हुँदैमा आजिवन शिक्षक हुने परिपाटि सच्याउनु पर्ने उल्लेख गर्दै उनले शिक्षक प्राध्यापकहरुको परीक्षा पाँच पाँच बर्षमा लिनु पर्ने बताए । शिक्षकले पढाईरहेको विषयमा पाँच पाँच बर्षमा लिने परीक्षामा शिक्षक पास हुँदैन भने निकाल्नु पर्ने उनको सुझाव छ । 'मैले शिक्षकलाई अपमान गर्न खोजेको हैन म सबै भन्दा बढि सम्मान शिक्षकलाई गर्छु, मैले मेरो संशोधनमा पनि शिक्षकलाई मर्यादामा कानूनी र व्यवहारिक रुपमा माथिल्लो तहमा राख्नु पर्छ भनेको छु' उनले भने 'तर एउटा शिक्षक चौविसै घण्टा दारु खान्छ, तर पनि उ शिक्षक हो एउटा शिक्षकले विद्यार्थीको भविष्य बिगार्न त पाए न नी !' शिक्षक प्राध्यापकहरुको परीक्षा पाँच पाँच बर्षमा लिने र एक पटक आयोग पास गरे पछि आजिवन शिक्षक हुने प्रथा व्यवस्थापन गर्न नसक्ने हो भने शैक्षिक अवस्था सुधार गर्न नसकिने उनले दावी गरे । विगत पाँच महिना देखि रोकिएको विद्यालय शिक्षा विधेयक माथिको छलफल गत साताबाट शुरु भएको छ । छलफलमा समितिले संशोधन दर्ता गराएका सांसदहरुसँग क्रमशः छलफल गर्दै आएको छ ।

    images
    आइतवार, श्रावण १३ २०८१०८:४१:५०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल