शुक्रवार, श्रावण ११ २०८१
काठमाडौं - साउन ११, संसदको रोष्टमबाट 'आफैँले घुस दिएको' बताएका सांसद विरेन्द्र महतोले गृहमन्त्री रमेश लेखकलाई भने सहयोगी मार्फत घुस रकम बुझाएको बताएका छन् । जनता समाजवादी पार्टीका सांसद महतोले संसदमा बोल्दा र गृहमन्त्रीसँग फरक अभिव्यक्ति दिएका छन् । प्रतिनिधिसभामा साउन ६ गतेको बैठकमा सांसद महतोले सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रमा छोराको समकक्षताको काम नभएपछि आफैँले बिचौलियालाई घुस दिएको र काम भएको बताएका थिए । सांसदको उक्त अभिव्यक्ति पछि गृहमन्त्री लेखकले घुस लिने बिचौलियालाई पक्राउ गर्न सहयोग गर्न आग्रह गर्दा महतोले आफु सानोठिमी नगएको सहयोगीले दिएको जानकारी गराएका छन् । आलोक विद्याश्रमबाट सीबीएसई पढेका उनको छोराको समकक्षता लिने क्रममा पाँच हजार रुपैंया घुस खुवाउनु परेको जानकारी उनले संसदलाई गराएका थिए । उनको छोरा पढेको विद्यालयका प्रधानाध्यापकले बिचौलियाको नम्बर दिए पछि घुस दिएर काम भएको महतोले एडुखबरलाई बताएका थिए । उनको यो अभिव्यक्ति पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धानको काम थालेको छ । त्यस्तै गृहमन्त्रालयले पनि घुस लिने व्यक्तिको पहिचान गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । प्रहरी प्रवक्ता दानबहादुर कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए । ‘रोष्टमबाटै माननीयज्यूले बोलेको कुरा र म सँग भन्दा फरक भन्नु भयो’ गृहमन्त्री लेखकले भने, ‘वास्तविकता के हो छानबिनबाट खुल्नेछ ।’ लेखकले सांसद महतोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको बताएका छन् । घुस लिने बिचौलिया चिनाइदिन महतोको साथमा प्रहरी पठाइदिने लेखकले बताएका थिए । ‘मैले पैसा दिएको होइन । मेरो सहयोगीले पैसा दिएको हो भन्नु भयो’ गृहमन्त्री लेखकले एडुखबरसँग भने, ‘सहयोगी भेटाउन आग्रह गर्दा उनी गाउँ गएको भन्दै पन्छिनु भयो ।’ रोष्टमबाटै बोल्दा एउटा र गृहमन्त्रीसंग अर्कै कुरा बोलेपछि घुस दिएको हो कि होइन ? भन्ने पनि यकिन नभएको एक प्रहरी अधिकारीले बताए । सांसदले नै घुस दिएको आरोप लगाए पछि शिक्षा मन्त्रालयले पाठ्क्रम विकास केन्द्रको समकक्षता शाखाका एक शाखा अधिकृतलाई तत्काल जिम्मेवारीबाट हटाएको छ । ती अधिकृतले पनि आफुले कसैबाट प्रभावित नभई र कसैबाट पैसा नलिई काम गरेको दावी गरेका छन् । ‘जुन माननीयले पैसा दिएको भन्नु भएको छ उहाँ कार्यालयमा आउनु पनि भएको छैन’ ती कर्मचारीले भने, ‘सिष्टम अनुसार अनलाइन फारम भरे पछि आफ्नो फारमको अवस्थाका बारेमा सेवाग्राही आफैंले थाहा पाउँछन् । ढिला गर्ने र सेवाग्राहीसँग काम गरे वापत पैसा लिने भन्ने त कुरै हुदैँन ।’ यो पनि पढ्नुहोस् : ४९ मिनेटको बिचमा भएको थियो सांसद र शिक्षाका कर्मचारी बिच ‘घुसको चलखेल’ शिक्षाको 'घुस काण्ड' : घुस दिने सांसदलाई कारवाहीको माग गर्दै उजुरी शिक्षाको 'घुस काण्ड' छानबिन गर्न प्रहरी प्रमुखलाई गृह मन्त्रीको निर्देशन
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल