बिहिवार, श्रावण १० २०८१
काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका हुन् । २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्म उक्त सङ्ख्यामा एनओसी जारी भएको हो । नेपालीहरूले विभिन्न ६६ देशमा अध्ययन गर्न जान एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका छन् । भने ९४ विषय अध्ययनका लागि एक लाख १२ हजार २६९ जनाले एनओसी लिएका छन् । नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्याङ्क फरक पर्न गएको एनओसी शाखाले जनाएको छ । त्यसरी अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन् । जापानका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन् । त्यस्तै दोस्रोमा क्यानडाका लागि रहेका छन् । क्यानडाका लागि १५ हजार ९८२ जनाले एनओसी लिएका छन् । त्यस्तै अस्ट्रेलियाका लागि १४,३७२, युकेका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१ जना, कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन् । सबैभन्दा बढी जापानिज भाषा पढ्नका लागि एनओसी लिएका छन् । जसमा ३३ हजार ६९७ एनओसी जारी भएका छन् । त्यस्तै म्यानेजमेन्टका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थ पढ्नका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी पढ्न ४१०२ एनओसी जारी भएका छन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल