Oct 29 2026 | २०८३, कार्तिक १३गते

यस बर्ष शुधुरपश्चिमको नतिजा सबैभन्दा कमजोर, ३१.८७ प्रतिशत मात्रै ११ पढ्न योग्य

यस बर्ष शुधुरपश्चिमको नतिजा सबैभन्दा कमजोर, ३१.८७ प्रतिशत मात्रै ११ पढ्न योग्य

  • 841
    SHARES

  • यस बर्ष  शुधुरपश्चिमको नतिजा सबैभन्दा कमजोर, ३१.८७ प्रतिशत मात्रै ११ पढ्न योग्य

    भक्तपुर – कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजामा सुदुरपश्चिम प्रदेशको नतिजा सबैभन्दा कमजोर भएको छ । राष्ट्रिय परिक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार सुदुरपश्चिम प्रदेशमा ५३ हजार ४ सय ४६ जनाले परीक्षा दिएकोमा ३६ हजार ४ सय १० जनाको नतिजा एनजी आएको छ । यो भनेको परीक्षा दिएका मध्ये ६८ दशमलब १२ प्रतिशतको नतिजा एनजी हो । अर्थात् सुदुरपश्चिम प्रदेशमा ३१.८७ प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ पढ्न योग्य भएका छन् ।  सुदुरपश्चिम प्रदेशको नतिजा सबैभन्दा कमजोर हुँदा अन्य प्रदेशको तुलनामा बागमती प्रदेशको नतिजा राम्रो छ । बागमतीमा ६६ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य भएका छन् । राष्ट्रिय स्तरमा औषत ५२ दशमलब १३ प्रतिशत विद्यार्थीको एनजी आएको छ । औषत भन्दा कमजोर नतिजा हुनेमा मधेश, लुम्बिनी र कर्णाली प्रदेश देखिएको छ । लुम्बिनिमा ८० हजार ३ सय २७  विद्यार्थीले परीक्षा दिएकोमा ४९ हजार २ सय २४ विद्यार्थीको नतिजा एनजी छ । लुम्बिनीमा परीक्षा दिएका मध्ये नियमित तर्फ ३.७२ प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ पढ्न योग्य भएका छन् । सुदुरपश्चिममा परीक्षा दिएका मध्ये ३१ दशमलब ८७ प्रतिशत मात्रै ११ कक्षा पढ्न योग्य भएका छन् । त्यस्तै कर्णालीमा ४२ प्रतिशत, गण्डकीमा ५० प्रतिशत, मधेश र कोशी प्रदेशमा ७५ प्रतिशत विद्यार्थी मात्रै ११ पढ्न योग्य भएका छन् । यसपालि सैद्धान्तिक र प्रयोगात्मक छुट्टा छुटटै ३५ प्रतिशत ल्याउनै पर्ने र नल्याएमा एनजी आउने गरी नतिजा सार्वजनिक गरिएको हो । कुनै विषयमा २७ नम्बर भन्दा कम आउने बित्तिकै ग्रेडसिटमा समग्र जीपीए एनजी हुनेछ । कम्तीमा दुई विषयमा एनजी आएमा विद्यार्थीले मौका परीक्षा दिन पाउने छन् । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीका लागि पुरक परीक्षा साउन १८ र १९ गतेलाई तोकिएको छ ।

    images
    शुक्रवार, आषाढ १५ २०८१०९:५३:५४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल