Oct 29 2026 | २०८३, कार्तिक १३गते

SEE को नतिजामा NG उल्लेख सबै विद्यार्थीलाई पुरक परीक्षाको मौका

SEE को नतिजामा NG उल्लेख सबै विद्यार्थीलाई पुरक परीक्षाको मौका

  • 949
    SHARES

  • SEE को नतिजामा NG उल्लेख सबै विद्यार्थीलाई पुरक परीक्षाको मौका

    काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा एनजी ल्याएका सबै विद्यार्थीलाई पुरक परीक्षामा सहभागी गराउने गरी प्रकृया शुरु गरिएको छ । लेटर ग्रेडिङ् निर्देशिका २०७८ मा आवश्यक संशोधन गर्ने निर्णय गर्दै शिक्षा मन्त्री सुमना श्रष्ठले शुक्रबार राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएकी छन् ।  निर्देशिकामा गत बर्ष भएको संशोधनले दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने निर्देशिकामा व्यवस्था छ । उक्त व्यवस्था परिवर्तन गर्न मन्त्री श्रेष्ठले बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कार्य गर्न निर्देशन दिने निर्णय गरेकी हुन् ।  बिहीबार प्रकाशित नतिजा अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार सात सय ८५ विद्यार्थी मध्ये दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीको नतिजा ननग्रेड अर्थात् एनजी आएको थियो । कुल विद्यार्थीको ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा एनजी आए पछि बालबालिकाको सिकाइ उपलब्धि कमजोर रहेको भन्दै सरकारको आलोचना भए पछि उक्त व्यवस्थामा संशोधन गरी सबै विद्यार्थीलाई पुरक परीक्षामा सहभागी गराउने निर्णय गरिएको हो । नतिजाले धेरै विद्यार्थी थप अध्ययनबाट वञ्चित हुने देखिए पछि उक्त व्यवस्था गर्न मन्त्री श्रेष्ठले छलफल चलाएकी थिईन् ।   दुई दिनको छलफल पछि सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराएर थप अध्ययनको मौका दिनु पर्ने निष्कर्श साथ मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले बताए ।  एनजी आएका सबै विद्यार्थीलाई पुरक परीक्षामा सहभागी गराउने गरी सम्बन्धित निकायहरुलाई पत्राचार गर्ने निर्णय भएको छ' उनले भने 'यसले विद्यार्थीको अगाडीको पढाई निरन्तर गर्न सघाउ पुर्याउने विश्वास गरिएको छ ।'  पुरक परीक्षा आगामी साउनको १८ र १९ गतेका लागि तोकिएको छ ।  

    images
    शुक्रवार, आषाढ १५ २०८१०९:३४:४६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल