Oct 29 2026 | २०८३, कार्तिक १३गते

हुने भयो शिक्षक दरबन्दी तथा तहगत समायोजन स्थानीय तहसँगको समन्यवमा

हुने भयो शिक्षक दरबन्दी तथा तहगत समायोजन स्थानीय तहसँगको समन्यवमा

  • 778
    SHARES

  • IMG_20240601_072105.jpgकाठमाडौं - शिक्षकको दरबन्दी मिलान तथा तहगत समायोजन स्थानीय तहसँगको समन्यवमा गरिने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त योजना उल्लेख गरेका  हुन् । 'स्थानीय तहसँगको समन्यवमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गरिने छ' पुनले भने 'भूगोल जनसांख्यिक परिवर्तन र विद्यालय संख्यालाई आधार मानि सबै विद्यालयको नक्साँकन गरिने छ ।'  पिछडिएको क्षेत्र र समुदायलाई प्राथमिकतामा राखि ५ सय विद्यालयमा खानेपानी र शौचालयको निर्माण गरिने बजेटमा उल्लेख छ । अपागं मैत्री लैगिंक संवेदनशील र सरक्षित एक हजार कक्षा कोठा निर्माणका लागि दुई अर्व ५० करोड विनियोजन गरिएको छ । अनुसन्धान र नवप्रर्वतनबाट सृजित ज्ञान र बौद्धिक सम्पत्ति संरक्षण गर्दै स्टार्ट अप उद्यमी सँगको सहकार्यमा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सीप र रोजगारीमा आवद्ध गरिने बजेटमा उल्लेख छ ।   श्रम बजारको आधारमा प्राविधिक शिक्षालयहरुको नक्सांकन गरिने छ । प्राविधिक धारका शिक्षालयमा गरीव तथा विपन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । प्राविधिक शिक्षा तर्फ १ अर्ब ५९ करोड विनियोजन गरिएको बताउँदै पुनले चिकित्सा शिक्षा छात्रवृत्तिलाई व्यवस्थित गर्ने, सहुलियत कर्जा उपलब्ध गराईने उल्लेख गरे । 

    images
    शनिवार, जेठ १९ २०८१०७:२०:५८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल