मंगलवार, जेठ ८ २०८१
काठमाडौँ।चावहिलको सरस्वतीनगरस्थित रिलायन्स कलेजले चौथो राष्ट्रव्यापी एसईई निबन्ध प्रतियोगिता आयोजना गरेको छ । विगत चार वर्षदेखि संचालन हुँदै आएको यस प्रतियोगितामा २०८० सालको एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको कलेजका प्रिन्सिपल रविन्द्रजंग थापाले जानकारी दिए । प्रतियोगितामा विद्यार्थीहरुले “विकासको आधार : सिप, प्रविधि र पूर्वाधार” शीर्षकमा ३०० शब्द नबढाई नेपाली वा अंग्रेजी भाषा मध्ये एकमा आफ्नो निबन्ध पठाउन सक्नेछन् । निबन्ध पठाउने इमेल ठेगाना eca.cca@ria.edu.np रहेको छ । यस्तै निबन्ध कलेजमा पुगेर पनि बुझाउन सकिनेसमेत प्रिन्सिपल थापाले बताए । प्रतियोगितामा सहभागी मध्ये १३ उत्कृष्ट विद्यार्थीलाई नगद, छात्रवृत्ति, प्रमाण पत्र र अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहताले जानकारी दिए । देशैभरिबाट संकलन हुने निबन्ध मध्ये प्रथम हुने एकजनालाई रु. १५००० नगद, कक्षा ११ को भर्नामा १००% छुट, १२ महिनाकै मासिक किस्ता छुट गरिने छ । तृतीय हुने एक जनालाई कक्षा ११ को भर्नामा १००% छुट, ६ महिनाको मासिक किस्ता छुट गरिने छ । साथै सान्त्वना हुने १० जनालाई कक्षा ११ को भर्नामा ५०% छुट, २ महिनाको मासिक किस्ता छुट गरिने छ । त्यसका अलावा १३ जनालाई नै प्रमाण पत्र तथा अन्य पुरस्कारहरुबाट सम्मान गरिनेसमेत शैक्षिक निर्देशक मेहताले जानकारी दिए । प्रतियोगितामा भाग लिन चाहनेले जेठ ७ गतेदेखि असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै नतिजा प्रकाशन असार २० गते कलेजको आधिकारिक फेसबुक पेजमार्फत गरिने छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल