Oct 29 2026 | २०८३, कार्तिक १३गते

अछाममा कक्षा १२ का विद्यार्थीहरुले दिएका छ्न पुरानै प्रश्न पत्रबाट परीक्षा के हुन्छ त अब ...

अछाममा कक्षा १२ का विद्यार्थीहरुले दिएका छ्न पुरानै प्रश्न पत्रबाट परीक्षा के हुन्छ त अब ...

  • 1.1K
    SHARES

  • अछाममा कक्षा १२ का विद्यार्थीहरुले दिएका छ्न  पुरानै प्रश्न पत्रबाट परीक्षा के हुन्छ त अब ...

    2_v8wS5MHwwJ.webpकाठमाडौँ । बैशाख, अछाममा कक्षा १२ का विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको छ । अछामको साँफेबगर नगरपालिका–१ कालीमाटीस्थित सूर्यचन्द्र मावि परीक्षा केन्द्रमा विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको हो ।  २०८१ सालको प्रश्नपत्र दिनुपर्नेमा २०८० सालको पुरानै प्रश्न पत्रबाट विद्यार्थीहरूले परीक्षा दिएका हुन् । परीक्षा सकिएर बाहिर निस्केपछि मात्रै विद्यार्थीहरूले पुरानो प्रश्न पत्र नै दिएकोबारे जानकारी पाएका थिए । ९७ जना नियमित र ७ जना आंशिक तर्फका गरी १०४ जना विद्यार्थीले आज ‘३०४१–एच’ विषय कोड रहेको अर्थशास्त्र विषयको परीक्षा दिएका थिए । परीक्षा दिएर बाहिरिएपछि विद्यार्थीले पुरानो प्रश्न पत्रबाट परीक्षा दिएको जानकारी पाएका थिए । त्यसपछि विद्यार्थीहरूले केन्द्राध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादर शाहलाई जानकारी गराएका थिए । पुरानो प्रश्न पत्रबाट परीक्षा दिने सबै विद्यार्थीको परीक्षा रद्द गरिएको छ । उनीहरूलाई अब अर्को मितिमा अर्को परीक्षा हुनेछ ।  परीक्षा २०८१ मा भइरहेको तर, विद्यालयको लापरबाहीका कारण २०८० सालको पुरानो प्रश्न पत्र प्रिन्ट गरेर परीक्षामा सहभागी परीक्षार्थीलाई वितरण गरिएको थियो । केन्द्राध्यक्ष शाहले राष्ट्रिय परीक्षा बोर्डबाट ढिलागरी प्रश्न पत्र मेलमा आएको र पेनड्राइभमा हालेर प्रिन्ट गर्ने बेला पुरानो प्रश्न पत्र प्रिन्ट हुन पुगेको बताए ।  ‘आज अर्थशास्त्र र नेपाली विषयको परीक्षा थियो । अर्थशास्त्र विषयको प्रश्न पत्र पेनड्राइडमा हालेर प्रिन्ट गर्न दिएको थिए । म नेपाली विषयको प्रश्न पत्र डाउनलोड गर्नतिर लागेको थियो,’ शाहले भने, ‘उता पेनड्राइभमा पुरानो प्रश्न पत्र पनि रहेछ । प्रिन्ट गर्ने बेला त्यही पुरानो प्रश्न पत्र प्रिन्ट भएछ । हतार हतार भएकाले हामीले प्रश्न पत्र हेर्न सकिएन । विद्यार्थीलाई बाँडेपछि परीक्षा दिए । अन्तिममा थाहा भयो ।’

    images
    आइतवार, बैशाख २३ २०८१०९:५३:४५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल