शनिवार, बैशाख २२ २०८१
काठमाडौं -बैशाख २२, सरकारले डा.दिपक काफ्लेलाई शिक्षा सचिव मा नियुक्त गरेको छ । ५ दिन अघि पुर्वसचिव सुरेश अधिकारीको अवकास भए पछि खाली रहेको शिक्षा मन्त्रालयको प्रशासनिक नेतृत्व काफ्लेले पाएका हुन् । बिहीबारको मन्त्रीपरिषद् बैठकले संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा सचिव रहेका काफ्लेलाई शिक्षामा सरुवा गर्ने निर्णय गरेको हो । २०५२ फागुनमा शिक्षा सेवाबाटै निजामती प्रवेश गरेका काफ्लेले तत्कालिन जिल्ला शिक्षा कार्यालय भक्तपुरमा जिशिअ भएको बेला २०६९ चैतमा प्रशासनको सहसचिवमा नाम निकालेर सेवा परिवर्तन गरेका थिए । प्रासका रुपमा सेवा प्रवेश गरेर विनि, जिशिअ हुँदै उनले १७ बर्ष शिक्षा सेवामा बिताएका थिए । १२ बर्ष अघि सेवा परिवर्तन गरेका काफ्ले शिक्षा सेवाको सर्वोच्च पदमा फर्किएका छन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल