Oct 29 2026 | २०८३, कार्तिक १३गते

हेटौंडा उपमहानगरपालिकाले गर्यो स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

हेटौंडा उपमहानगरपालिकाले गर्यो स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

  • 1.3K
    SHARES

  • हेटौंडा उपमहानगरपालिकाले गर्यो स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

    बागमती। बैशाख १९,हेटौँडा  उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको छ । उपमहानगरपालिकाको सम्पन्न ४३ औँ कार्यपालिका बैठकले चालु शैक्षिक सत्रदेखि उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरी अनुगमन गर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकले हेटौँडा– ६ कान्तिराजपथस्थित सडक क्षेत्रमा निर्माण गरिएका घर, टहरालगायत भौतिक संरचना हटाई सडकको क्षेत्राधिकार कायम गर्ने निर्णय पनि गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।  यस्तै, कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक पर्ने चारवटा कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार बैठकले हेटौँडा उपमहानगरपालिका पूर्वनिर्मित भवन अभिलेखीकरण तथा नियमित कार्यविधि २०८१, हेटौँडा  उपमहानगरपालिका तयारी कक्षा एवं भाषा शिक्षणसम्बन्धी निर्देशिका २०८१, सामुदायिक विद्यालय दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि, २०८१ र उपमहानगरपालिका वृत्ति मार्गनिर्देशन सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । त्यस्तै, कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक रहेको चार कानुन तर्जुमा र संशोधन गर्न सैद्धान्तिक सहमति दिएको छ । उपमहानगरपालिका उद्योग व्यवसाय दर्तासम्बन्धी ऐन, सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्यविधि, उद्यमी समूह गठन, व्यवस्थापन तथा सञ्चालन अनुदान कार्यविधि, २०८० को पहिलो संशोधन र कृषि तथा पशुपालन अनुदान वितरण कार्यविधि, २०७९ को पहिलो संशोधन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए ।

    images
    बिहिवार, बैशाख २० २०८१०२:५९:२७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल