सोमवार, बैशाख १७ २०८१
काठमाडौँ।बैशाख १७,धुम्बाराहीमा अवस्थित प्रोलिफिक सेकेण्डरी स्कुलका प्रधानाध्यापक गोपाल बहादुर महत पक्राउ परेका छन् । आफ्नै विद्यालयबाट नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउन खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले नक्कली परीक्षार्थी खडा गरेको अभियोगमा उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको बताए । पक्राउ गरेका महतलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको एसपी अधिकारीले बताए हुन् । कक्षा १२ को परीक्षाका लागि आफ्नो भाइ सहित ५ जनाको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको थियो । यो विषयमा अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरले प्रहरीलाई पत्राचार गरेको थियो । उक्त स्कुलले ५ जनाको नाममा भरेको कक्षा १२ को फारममा अर्कै व्यक्तिको फोटो टाँसेको पाइएको थियो । यो विषयमा शिक्षा मन्त्रालय हुँदै राष्ट्रिय परीक्षा बोर्ड सम्म उजुरी परेको थियो । उजुरी परेलगत्तै बोर्डले नक्कली फाराम भरेका ५ जनाको परीक्षा रद्द गरेको थियो । त्यसरी रद्द गरिएकाहरूमा प्रधानाध्यापक गोपालका भाइहरू दीपक महत, तिलबहादुर महत तथा मुकेश चन्द प्रशान्त विष्ट,विवेक न्यौपाने रहेका छन् । बोर्डले पाँचै जनाको परीक्षा भने रद्द गरेको थियो । उक्त स्कुलबाट यो वर्ष १२ जनाले कक्षा १२ को वार्षिक परीक्षा दिन परीक्षा फारम भरेका थिए । तीमध्ये ५ जना विद्यार्थीको परीक्षा फारम नक्कली भरेको पाइएको हो । उनीहरूको फाराम रद्द गरेर बोर्डले थप ७ जनाको परीक्षा भने विशेष निगरानीमा गराउँदै आएको छ । प्रोलिफिक स्कुलमाथि नै अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै बोर्डले उनीहरूलाई समेत विशेष निगरानीसहित परीक्षामा सामेल गराएको बताइएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल