Oct 29 2026 | २०८३, कार्तिक १३गते

अन्तर्राष्ट्रिय शिक्षा

अस्ट्रेलियामा नेपाली विद्यार्थीले खोले प्राविधिक कलेज, चाइल्ड केयर देखि अकाउन्टिङसम्मको पढाई हुने

अस्ट्रेलियामा नेपाली विद्यार्थीले खोले प्राविधिक कलेज, चाइल्ड केयर देखि अकाउन्टिङसम्मको पढाई हुने

  • मंगलवार, कार्तिक ४ २०७७

  • 1.7K
    SHARES

  • अस्ट्रेलियामा नेपाली विद्यार्थीले खोले प्राविधिक कलेज, चाइल्ड केयर देखि अकाउन्टिङसम्मको पढाई हुने

    अस्ट्रेलिया– तनहुँका सागर लोहनी को स्वामित्वमाअस्ट्रेलियाको न्यू साउथ वेल्समा प्राबिधिक कलेज इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशन खुलेको छ । उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी र अकाउन्टिङ लगायतका कोर्समा पढाई हुनेछ। ब्यवस्थापन र टेलिकम्युनिकेशन इन्जिनियरिङको समेत छिट्टै अनुमती प्राप्त गरि सन्चालन गरिने लोहनीले बताए। प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ। अधिकांस विद्यार्थीको काम र पढार्इ बी सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढार्इ अनुसारको काम समेत पाउने भएकाले यस प्रकारको कोर्स सुरु गरिएको लोहनीले बताए। हालसालैका वर्षहरूमा अस्ट्रेलिया सरकारले आवासिय मापदण्डमा धेरै परिवर्तन गरेको छ। प्राबिधिक र व्यावसायिक सीप भएका व्क्तिलाई सहज हुने हुँदा कलेज प्रति विद्यार्थीको आकर्षण रहने लोहोनीको भनाई छ । सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनी अस्ट्रेलियाको सिक्यू युनिभर्सिटीबाट अनुसन्धानमा स्नातकोत्तर गरेका छन। विभिन्न पेशा अपनाउँदै हाल आफ्नै ब्यवसायमा होमिएका लोहनी हाल चार्ल्स डार्विन युनिभर्सिटीबाट कानुनमा पनि स्नातकोत्तर अध्ययनरत छन्। रोटर्याक्ट र युनेस्को अभियानमा समेत सक्रिय लोहनीले नेपालमा साक्षरता सम्बन्धि विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएका छन।

    images
    मंगलवार, कार्तिक ४ २०७७०५:५२:३२
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल