बिहिवार, चैत्र २९ २०८०
काठमाडौँ । चैत्र २९, गण्डकी प्रदेश स्थित पोखरामा रहेको मणिपाल मेडिकल कलेजलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धनप्राप्त उक्त कलेजलाई कारबाही गर्न भन्दै मन्त्रालयले पत्राचार गरेको हो । दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले अस्वभाविक बढी शुल्क असुल गरेको विषयमा मन्त्रालयमा गुनासो गरेका थिए । उक्त गुनासोलाइ आधार बनाइ अनुसन्धान पछि शिक्षा मन्त्रालयले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो । अनुत्तीर्ण भएका विद्यार्थीलाई पुनः परीक्षा लिन विश्वविद्यालयले विद्यार्थीहरु बाट जनही ६ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । तर, कलेजले प्रति विद्यार्थी २८ हजार ८०० रुपैयाँ शुल्क लिएको भन्दै विद्यार्थीहरूले मन्त्रालयमा उजुरी दिएका थिए । उक्त उजुरीपछि शिक्षा मन्त्रालयले आवश्यक छानबिन गरी समस्या समाधानको पहल लिन काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजका डीनलाई पत्र पठाएको हो । मन्त्रालयले डीन कार्यालयलाई पत्र लेखेर तोकिएको बढी अस्वभाविक शुल्क लिने मणिपाल कलेज कलेजलाई कारबाही गर्न निर्देशन दिएको हो । यसरी शैक्षिक संस्थाहरुमा समेत ब्यापारीकरण गर्ने जुनसुकै ब्यक्ति वा संस्थाहरु लाइ कारबाहीको दायरामा ल्याउने शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले चेतावनी समेत दिएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल