Oct 28 2026 | २०८३, कार्तिक १२गते

केएमसीमा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया

केएमसीमा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया

  • 1.7K
    SHARES

  • केएमसीमा ४२ दिने शिशुको दुर्लभ शल्यक्रिया

    काठमाडौँ मेडिकल कलेजमा ४२ दिने शिशुको ’दुर्लभ’शल्यक्रिया गरिएको छ । केएमसीले ४२ दिनको शिशुको हर्नियाँको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको हो । 

    केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्नियाँ भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलका वसन्त खड्काको शिशुको हर्नियाँको केएमसीका बाल रोग विशेषज्ञ सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
     

    अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्नियाँ भएको पाइएको थियो ।  त्यसपछि तत्कालै भर्ना गरी भोलिपल्टै मिनिमल एसेस सर्जरी मार्फत हर्नियाँ निकालिएको बाल रोग सर्जन डाक्टर श्रेष्ठले बताए । 

     

    ‘शिशुको जन्मजातै दुवैतर्फ हर्नियाँ थियो । सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठुलै जोखिम हुने भएकाले हामीसँग भएको अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधिअनुसार नाइटोको छेउमा ३ एमएमको २ वटाप्वालपारेर अप्रेसन गरेका हौं । अहिले बच्चाको अवस्था एकदम ठिक छ ।’ डा.श्रेष्ठले भने ।

     

    उनले केएमसीमा बालबालिकाका जस्तोसुकै रोगको उपचार गर्न सकिने बताए । मुटुको शल्यक्रियाबाहेक केएमसीमा जस्तोसुकै उपचार सम्भव रहेको जिकिर गर्दै डा.श्रेष्ठले बालबालिकाहरूमा देखिएका कुनै पनि समस्याहरूमा अभिभावकले हेलचेक्र्याइँ गर्न नहुने पनि बताए । 

    ‘लगातार एउटै समस्या देखा परिरहन्छ भने सामान्य औषधी र एन्टिबायोटिक्स मात्र खाएर हुँदैन । विशेषज्ञ चिकित्सकबाट परामर्श लिनु पर्दछ ।’ उनले भने ।

    केएमसीमा न्यूरो इन्टरभेन्सन प्रविधि समेत रहेको छ । हाल केएमसीमा एपेन्डिक्सको ९९ प्रतिशत केसहरू ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरिन्छ । फियो निकाल्ने, पित्त थैलीको अप्रेसन, किड्नीको पत्थरीको अप्रेसन समेत ल्याप्रोस्कोपी प्रविधिमै हुने गरेको छ ।

    images
    मंगलवार, पौष १० २०८००८:२४:०७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल