Oct 28 2026 | २०८३, कार्तिक १२गते

नेत्र तथा दन्त परिक्षण शिविर संचालन गर्यो पुल्चोक क्याम्पसमा स्ववियुले

नेत्र तथा दन्त परिक्षण शिविर संचालन गर्यो पुल्चोक क्याम्पसमा स्ववियुले

  • 1.2K
    SHARES

  • काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पुल्चोक क्याम्पसले नेत्र तथा दन्त परीक्षणसहितको स्वास्थ शिविर गरेको छ। नेत्रधाम आइ फाउन्डेसन तथा ॐ समाज डेन्टल हस्पिटलको सहयोगमा शिविरको आयोजना गरिएको हो। शिविरबाट २९८ जनाले लाभ लिएका छन् । जसमध्ये ८६ जनाको नेत्र समस्या पहिचान भइ रिफर गरिएको छ। दन्त शिविरमा दात सफा (स्केलिङ्ग) समेत गरिएको थियो। शिविरबाट क्याम्पसका शिक्षक, कर्मचारी, विद्यार्थीको स्वास्थ्य चेकअप, नेत्र तथा दन्त समस्याको पहिचान गरिएको स्ववियु सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रम संयोजक स्वयम श्रेष्ठले बताए। शिविरको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गरेका थिए। प्रवक्ता डा.बुढाथोकीले पुल्चोक क्याम्पसको आकस्मिक स्वास्थ्य सेवाका निमित्त बनाइएको हेल्थ असिस्टेन्टको कार्यालय निरिक्षण गरेका थिए । निरीक्षण गर्दै उनले विद्यार्थी बिमाको कार्यक्रमलाई सहजीकरण गर्ने तथा क्याम्पससँग आवश्यक स्वास्थ्य सेवा वृद्धिका निमित्तhealth-camp_jE1oHUpcZs.jpg भविष्यमा समन्वय गर्दै अघि बढ्ने बताएका थिए ।

    images
    शुक्रवार, श्रावण ४ २०८१०६:३३:२२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल