Oct 29 2026 | २०८३, कार्तिक १३गते

८ कारण जसले मोबाइल ह्याङ बनाउँछन्

८ कारण जसले मोबाइल ह्याङ बनाउँछन्

  • बुधवार, पौष १५ २०७७

  • 1.9K
    SHARES

  • ८ कारण जसले मोबाइल ह्याङ बनाउँछन्
    मोबाइलका अधिकांश प्रयोगकर्ताहरूको आकर्षण स्मार्टफोन तर्फ बढिरहेको छ । आइफोनमा आइअोएस र अधिकाशं अरू ब्रान्डमा एण्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् ।
    प्रयोगकर्ताहरूले स्मार्टफोनबाट जति सुविधा लिएका छन् बेलाबेलामा त्यत्ति नै हैरानी पनि पाउँछन्। स्मार्टफोन चलाउने तल उल्लेख गरेका समाधान र उपायलाई ख्याल गर्नु भयो भने तपाईँले ह्याङ हुने तनाब कम गर्न सक्नुहुन्छ ।
     
    १. धेरै एप्सहरु खुलै रहनु
    हामीले स्मार्टफोनमा कुनै एप्स खोलेर ब्याक गर्छौ भने त्यो बेलामा एप्स बन्द भएको होइन मिनिमाइज भएको हुन्छ । यस्तो अवस्थामा त्यो एप्स मोवाइलको ब्याकग्राउण्डमा भने चलिरहेको हुन्छ । यसरी ब्याकग्राउण्डमा एप्स चलिरहँदा यसले मोवाइलको र्‍याम लिइरहेको हुन्छ । तपाई इन्टरनेटसंग जोडिनु भयो भने ति एप्सहरुले आफूलाई चाहिने अपडेटहरु पहिला लिन्छन् । त्यसैले कुनै पनि एप्स चलाएपछि मोवाइलको नेभिगेसन किवाट उक्त एप्सलाई बन्द गर्ने बानी बसाल्नु पर्छ ।
     
    २. क्यासेस बढी हुनु
    स्मार्टफोनवाट इन्टरनेट धेरै चलाउने प्रयोगकर्ताहरूको स्लो हुने समस्या देखिन्छ । इन्टरनेटका कुनै पनि पेज हेरेपछि फेरी हेर्न सजिलो होस् भनेर ति पेजका क्यास र टेम्पोररी फाइलहरू सेट भित्रै बस्छन् । यसरी लगातार चलाईरहदा त्यसले बढी मेमोरी खान्छ र मोवाइललाई स्लो बनाउँछ । क्यासेस वा टेम्पोररी फाइल हटाउने एप्सहरु पनि पाइन्छन । आफै सेटिङमा गएर वा व्राउजरमै गएर पनि हटाउन सकिन्छ ।
     
    ३. थर्ड पार्टीको सफ्टवेयर प्रयोग
    एन्डोइड वा आइओसले आधिकारिक ठानेका एप्सहरु मात्र इन्टल गर्नु राम्रो हो । कतिपयले थर्ड पार्टी ल्याएको एप्सहरु राख्नाले त्यस्ता एप्सले अरु एप्सहरुलाई पनि असर गर्ने गर्छ । त्यसैले एण्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र आईफोनका प्रयोगकर्ताले एप स्टोरबाट एप्सहरु इन्स्टल गर्नु पर्दछ ।
     
    ४. स्टोरेज कम हुनु
    स्मार्टफोनमा दुई किसिमको स्टोरेज प्रयोग भएको हुन्छ । एउटा सेटमै भएको इन्टरनल र अर्को छुट्टै थप्ने एक्सर्टनल । यदी हामीले एक्सर्टनल स्टोरेज (मेमोरी कार्ड) राख्दैनौ भने हामीले खिचेको फोटो, भिडियो, एप्सहरु सबै इन्टरनलमा राख्नुपर्ने हुन्छ । जसको कारण भरिएपछि मोबाइल ह्यांग हुनथाल्छ । त्यसैले सेटको क्षमता अनुसार एक्सर्टनल स्टोरेज राखेर फोटो, भिडियो, एप्स लगायत बढी साइज लिने फाइलहरूलाई त्यसमा राख्ने गर्नु पर्छ ।
     
    ५. आफै एप्स इन्टल हुनु
    एप्स डाउनलोड गर्दा कहिले काँही नचाहिने एप्सहरु पनि सोही एप्सहरुसंग मिसिएर इन्स्टल हुन सक्छ । कहिलेकाँही वेवसाइट वा एप्समा आउने जुन पायो त्यही विज्ञापन थिच्दा पनि यस्तो हुन सक्छ । यसरी आएका एप्सहरु देखिदैनन् तर यसले मोवाइललाई स्लो बनाउन भुमिका केलिरहेका हुन्छन् ।
     
    ६. बेलाबेलामा फोनलाई रिस्टार्ट गरौं
    हामीले हत्तपत्त मोबाइललाई स्विच अफ गर्दैनौ । लगातार स्विच अफ नभएर लामो समयसम्म काम गरिरहँदा पनि मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले कमसेकम हप्ताको एक पटक मोवाइल फोन अफ गरेर त्यसको ब्याट्रि र मेमोरी कार्डलाई झिकेर फेरी राखेर रिस्टार्ट गर्दा स्लो हुने समस्या केही घट्न सक्छ ।
     
    ७. अनावश्यक एप्सहरु हटाऔं
    हामी कतिपय आफ्नो सेटमा कमै चलाउने एप्सहरु इन्स्टल गरेर राख्छौं । आफुलाई नचाहिने र कमै चलाउने यस्ता एप्सहरुले फोनको स्टोरेज र र्‍याम दुबै ओगटेर बसेको हुन्छ । त्यसैले आफुले नचलाउने एप्सहरुलाई पहिला हटाउनु होस् । यदी दुबै एप्सको काम एकै किसिमको छ भने एउटा मात्र राख्नुस् । यस्तो कार्यले थोरै एप्सवाट पनि तपाईले धेरै काम गर्न सक्नुहुन्छ ।
     
    ८. सहि चार्जरको छनोट
    मोबाइललाई जुन पायो त्यही चार्जरले चार्ज गर्ने गर्नु हुदैंन । यस्तो कार्यले गर्दा मोवाइलको ब्याट्री क्षमतालाई क्षीण गर्दै लैजान्छ । जसको असर मोबाइलमा पनि पर्छ र मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले सधै आफ्नो मोबाइल सेटमा आएको कम्पनीकै चार्जरवाट मोबाइल फोन चार्ज गर्नु राम्रो ।
     
    यो  पनि पढ्नुहोस !
     
    के तपाईंको स्मार्टफोन तात्ने समस्या छ? हेर्नुस स्मार्टफोन तात्नबाट कसरी जोगाउने ?
     
    स्मार्टफोन धेरै चलाउने मानिसहरुले आफ्नो फोन धेरै तात्ने गरेको गुनासो गर्ने गरेको हामीले धेरै सुन्दछौँ । आफ्नो स्मार्टफोन सामान्य रुपमा चलाउँदा पनि तात्ने गरेको अनुभव हामी आफैले पनि सायद गरेकै हौँला ।
     
    मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्दा, चार्ज गर्दा, गेम खेल्दा वा भिडियो चलाउन फोन तात्नु स्वभाविकै हो । स्मार्टफोनमा फिचरहरु थप हुँदै गर्दा त्यसको प्रोसेसरमा चाप पर्नु तथा ब्याट्रीको खपत पनि बढि हुँदा फोन तात्नु नौलो होइन । तर कहिलेकाहीँ मोबाइल फोनको हार्डवेयर तथा सफ्टवेयरमा समस्या आउँदा पनि फोन अनावश्यक रुपमा बढ्दा तात्ने हुन सक्दछ । मोबाइल फोन बढि तात्ने समस्या कम गर्नका लागि केही उपायहरु अपनाउन सकिन्छ ।
     
    ती उपायमध्ये केही यी हुन्ः
    १. घाममा नराख्ने : स्मार्टफोनलाई प्रत्यक्ष रुपमा सूर्यको किरण पर्ने तातो घाममा राख्नु हुँदैन । यसो गर्दा फोनको तापक्रम बढ्दछ । प्लास्टिकको ब्याकयुक्त डिजाइन भएका स्मार्टफोनहरु घामले तात्ने समस्या धेरै हुन्छ । अध्ययन अनुसार लामो समयसम्म घाममा राख्नाले फोनको टचस्क्रिनमा समेत नकारात्मक असर पर्दछ । त्यसैले घमाइलो बेला यात्रा गर्दा मोबाइल फोनलाई ब्यागमा राख्नु उपयुक्त हुन्छ ।
     
    २. सोफा तथा बेडमा राखेर चार्ज नगर्ने : ब्याट्री चार्ज गर्दा स्मार्टफोनले ताप उत्सर्जन गर्दछ । त्यसैले ओछ्यान वा सोफामा राखेर मोबाइल चार्ज गर्नाले मोबाइलबाट निस्कने ताप सोफा वा बेडको सतहले नै रोक्दछ । जसका कारण मोबाइलको तापक्रममा वृद्धि हुन्छ । त्यसैले मोबाइल चार्ज गर्दा भुइँ, टेबुल वा त्यस्तै कडा सतहमा राख्नु पर्दछ ।
     
    ३. चार्ज गर्दा कभर हटाउने : मोबाइल चार्ज गर्दा यसको बाहिरी खोल हटाउँदा राम्रो हुन्छ । खोलले मोबाइलबाट उत्सर्जित तापलाई रोक्दछ जसका कारण त्यो तापले मोबाइललाई नै तताउँदछ । खोल हटाएर चार्ज गर्नाले मोबाइलबाट उत्सर्जित ताप बाहिर जान पाउँदछ जसका कारण मोबाइल तात्न पाउँदैन ।
     
    ४. रातभर चार्जमा राखेर नछाड्ने : हामीमध्ये धेरैजसोले रातमा सुत्ने बेलामा मोबाइल फोन चार्जमा राखेर छाड्छौँ । तर यसो गर्नु राम्रो होइन । यसले केवल मोबाइललाई बढि तताउने मात्र होइन ब्याट्रीको आयुमा पनि नकारात्मक असर पार्दछ ।
     
    ५. ब्याकग्राउण्डमा समेत चल्ने एपहरु हटाउने : केही एपहरु यस्ता हुन्छन् जुन मोबाइल नचलाउँदा समेत पृष्ठभूमिमा चलिरहेका हुन्छन् । त्यसो गर्दा मोबाइलको ब्याट्रीको चार्ज रित्तिने तथा मोबाइलको प्रोसेसिङ्ग क्षमतामा पनि ह्रास आउँदछ । यसले मोबाइल फोनको तात्ने समस्या पनि बढाउँदछ । त्यसैले त्यस्ता एपहरु पहिचान गरी अनस्टल गरिहाल्नु पर्दछ ।
     
    ६. अन्य चार्जर तथा ब्याट्री प्रयोग नगर्ने : कुनैप्नि मोबाइलको ब्याट्री फेर्नुपर्दा वा नयाँ चार्जर प्रयोग गर्नुपर्दा मोबाइल जुन ब्राण्डको हो सोही ब्राण्डको सक्कली चार्जर तथा ब्याट्री प्रयोग गर्नुपर्दछ । अरु ब्राण्ड तथा प्रकारको चार्जर प्रयोग गर्दा यसले ब्याट्रीमा असर पार्ने र मोबाइल तात्ने हुन्छ । बाहिरी ब्याट्री प्रयोग गर्दा पनि चार्जिङ्गमा समस्या उत्पन्न भई मोबाइल फोन तात्ने समस्या आउँदछ ।
    एजेन्सीको सहयोगमा

    images
    बुधवार, पौष १५ २०७७०८:३५:५५
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल