सोमवार, चैत्र १२ २०८०
उज्जैन।मध्य प्रदेशको उज्जैनमा अबस्थित महाकाल मन्दिरको गर्भगृहमा अकस्मात भएको आगलागीमा परी कम्तीमा १३ जना घाइते भएका छन् । बीबीसीका अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा अबिर फाल्ने क्रममा आगलागी भएको हो । उज्जैनका जिल्ला अधिकारीका अनुसार आगलागीमा परी घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । जिल्ला अधिकारी नीरजकुमार सिंहका अनुसार , ‘भस्म आरतीका क्रममा अकस्मात आगलागी भएको हो । यस घटनामा १३ जना घाइते भएका छन् ।’ घटना हुँदा मन्दिर परिसरमा होली मनाइँदै थियो । पुजारी अनिश शर्माले भने, ‘महाकाल मन्दिर परिसरमा परम्परागत होली पर्व मनाउने क्रममा आगलागि हुन पुगेको थियो । रङको प्रयोगका कारण गर्भगृहमा आगलागी भएको छ । घटनामा मन्दिरका पुजारी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।’ स्थानीय सञ्चारमाध्यमका अनुसार भस्म आरतीका क्रममा अबिर खन्याउँदा यो दुर्घटना भएको हो । दियोबाट उडिरहेको अबिरमा आगो सल्किएको थियो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल