Oct 28 2026 | २०८३, कार्तिक १२गते

आज यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो

आज यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो

  • 1.5K
    SHARES

  • आज यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो

    काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत आज (शुक्रबार) अहिलेसम्मकै चिसो भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो।


    ‘यो उपत्यकाका लागि यस हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भनिन्, ‘अझै घट्ने सम्भावना छ।’


    मौसमविद् मानन्धरले आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्रीसम्म रहने अनुमान गरिएको बताइन्। 

    उपत्यकाको अधिकत तापक्रम पनि केही दिनयता ओरालो लागिरहेको छ। 


    महाशाखाको विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस थियो। 

    २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

    मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ। यसको अर्थ आकाशमा अलि अलि बादल देखिए पनि घाम लाग्छ।

     

    images
    शुक्रवार, पौष २० २०८००७:२४:३६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल