Oct 28 2026 | २०८३, कार्तिक १२गते

शाकीराले सेयर गरिन नेपाली रिल्स

शाकीराले सेयर गरिन नेपाली रिल्स

  • 622
    SHARES

  • शाकीराले सेयर गरिन नेपाली रिल्स

    कोलम्बियाकी पप गायिका शाकिराले आफ्नो गीतमा नेपाली बालबालिकाले बनाएको रिल्स सेयर गरेकी छन्।

    फिफा विश्वकप २०२६ सम्बन्धी गीत ‘दाइ दाइ’ मा नेपालीले बनाएको रिल्स शाकिराले इन्स्टाग्राममा सेयर गरेकी हुन्। यो गीतमा आयुषी ढकाल र जेभिनजेभिस अफिसियलको खाताबाट इन्स्टाग्राममा रिल्स बनाएर हालिएको थियो।

    शाकिराले दुई साताअघि सार्वजनिक गरेको उक्त गीतको शैलीमा आयुषी र जेभिनजेभिसले आकर्षक नृत्य प्रस्तुत गरेका थिए। उनले नेपालीको मात्र होइन अरुले बनाएको रिल्स पनि सेयर गरेकी छन्।

    मुख्य गरी उनको गीतमा बालबालिका नै नृत्य गरेका थिए। शाकिराले ९६.५ मिलियन फलोअर्स भएको आफ्नो इन्स्टा खाताबाट नेपालीको रिल्स सेयर गरेपछि रिल्सको भ्युज अहिलेसम्म २.५ मिलियन पुगिसकेको छ। जसमा ८३ हजार बढी रियाक्सन आइसकेको छ।

    images
    मंगलवार, जेठ २६ २०८३११:२५:१४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल