Oct 28 2026 | २०८३, कार्तिक १२गते

‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

  • 1.4K
    SHARES

  • ‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

    चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

    पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।

    गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक वुद्धिराज गुरुङले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको उनले बताए ।

    उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । समितिले छानबिन गर्दासम्म श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्रवण विकले जानकारी दिए ।

    इन्सपेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भिडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारवाही माग गरेका थिए ।

    मणिपालका चिकित्सकहरु दोषीलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए भने मृतक आफन्तसहित पक्षधरले पनि महेन्द्रपुलमा प्रदर्शन गरेका थिए ।

    उनीहरुले डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाहीको माग गर्दै पक्राउ परेका विनय गुरुङको रिहाइको अडान लिएका छन् ।

    ३ दिनदेखि जिल्ला प्रशासन, अस्पताल व्यवस्थापन र पीडित पक्षबीच पटकपटक वार्ता भए पनि निष्कर्षविहीन बनेको छ ।

    images
    बुधवार, आश्विन १० २०८००४:०६:३४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल