Oct 28 2026 | २०८३, कार्तिक १२गते

कर्णाली प्रतिष्ठानको फड्को, अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने

कर्णाली प्रतिष्ठानको फड्को, अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने

  • 1.3K
    SHARES

  • कर्णाली प्रतिष्ठानको फड्को, अब वर्षमा ५० एमबीबीएस चिकित्सक उत्पादन हुने

    नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब वर्षमा ५० जना एमबीबीएस चिकित्सक उत्पादन हुने भएका छन्।  

    चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना गर्न पाउने भएको हो। यसअघि उसको कोटामा ३० सिट मात्रै थियो।

    २० सिटबाट चिकित्सा शिक्षाको स्नातक पढाउन थालेको प्रतिष्ठान अब चौथो ब्याचको भर्ना लिँदै छ। सुरुको वर्ष २० र त्यसपछिका दुई वर्षमा ३०–३० जना भर्ना लिएर एमबीबीएस पढाइरहेको छ। 

    प्रतिष्ठानमा अहिले ९० जना शिक्षक–प्राध्यापक छन्। दैनिक ६०० जनासम्म बिरामी उपचारका लागि पुग्छन्। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले नेपालखबरलाई भने, ‘सञ्चालनमा आएको छोटो समयमै एमबीबीएसमा ५० जनाको सिट पाउनुलाई महत्त्वपूर्ण उपलब्धि मानेका छौँ। गुणस्तरलाई विशेष ध्यान दिएर अब केही वर्ष ५० सिट मात्रै पढाउने योजना छ।’

    प्रतिष्ठानले बीएमएस, बीफर्मा, एमडी-एमएस लगायतका विभिन्न विधाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै वर्षबाट बीएस्सी नर्सिङको पढाइ पनि सुरु गर्ने गरी पहिलो वर्ष २० जनालाई भर्ना लिने उपकुलपति डा. रावलले जानकारी दिए।

    उनले भने, ‘दुर्गम र पिछडिएको क्षेत्रमा सञ्चालित प्रतिष्ठान संसारकै एक नमुना बन्ने बाटोमा छ। तर, यति धेरै प्रगति गरिसक्दा पनि सरकारको अपेक्षित सहयोग भने पाएका छैनौँ।’

    कसले कति पाए सिट?
    आयोगले एमबीबीएसमा १ हजार ९२५ सिट निर्धारण गरेको छ भने बीडीएसतर्फ ५४५ सिट वितरण्ण गरेको छ।

    एमबीबीएस अध्यापनका लागि विराट मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज र केयु स्कुल अफ मेडिकल साइन्सेजले १००-१०० सिट पाएका छन्।

    यसैगरी, लुम्बिनी मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि १००-१०० सिट पाएका छन्।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने एमबीबीएसमा ६५ सिट अध्यापन गर्ने अनुमति पाएको छ भने देवदह मेडिकल कलेजले ६० सिट पाएको छ।

    जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०–५० सिटमा अध्यापन गराउने अनुमति पाएका छन्। बीडीएसतर्फ ५ वटा कलेजलाई ५०-५० सिट पढाउने अनुमति दिइएको छ।

    जसमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेज रहेका छन्।

    बीडीएमा चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४०-४० सिट पाएका छन्।

    images
    बुधवार, आश्विन १० २०८००३:३६:५३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल