सोमवार, भाद्र १८ २०८०
ऐन संशोधन गर्नुपर्ने, सीटीईभीटीको तुरुन्त पुनर्संरचना गर्नुपर्ने लगायतका १४ वटा मागहरू अघि सारेका छन् ।चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले आयोग र सीटीईभीटका कारण आफ्ना मेडिकल कलेज तथा शिक्षालयहरू बन्द भएको बताए ।
संयोजक सापकोटाले चिकित्सा शिक्षा आयोगले नेपालमा स्वास्थ्य शिक्षा पढ्नलाई कुनै समस्या नभएको भनी भ्रम छर्ने खालको नोटिस जारी गरेको बताए । उनीहरूले उक्त नोटिस भ्रमपूर्ण रहेको भन्दै त्यसलाई च्यातेर आगो समेत लगाएका हुन् ।
उनीहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दल, विभिन्न सङ्घ सङ्गठनहरूले ऐक्यबद्धता जनाउँदै आएका छन् । उनीहरूको आन्दोलनलाई स्वास्थ्यकर्मी सङ्घ संस्थाले समेत ऐक्यबद्धता जनाउँदै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि बालुवाटारमा बोलाएर छलफल गरेका थिए । ‘तपाईहरूले उठान गरेका मागहरूप्रति सरकार गम्भीर छ । चाडै मागहरू सम्बोधन हुन्छ । धर्ना स्थगित गर्नुप¥यो भन्नुभएको थियो’ संयोजक सापकोटाले भने ।
प्रधानमन्त्रीको आह्वानपछि आफुहरूले धर्ना कार्यक्रमलाई दैनिक एक घण्टाको दरले घटाएको बताए । नेपाली विद्यार्थीहरूले सहज रूपमा देशमा नर्सिङ शिक्षा पढ्न नपाएको कारण छिमेकी मुलुकमा जानुपरेको उनको भनाई छ । नियम कानुनहरू समय र परिस्थिति अनुसार संशोधन गर्दै जानुपर्नेमा सरकार करोडौँका लगानीमा रहेका आफ्ना शिक्षण संस्थाहरू बन्द गराउन लागिपरेको बताए ।
डाक्टर गोविन्द केसीको हठका कारण देशमा मेडिकल शिक्षा धराशायी बन्दै गएको उनको भनाई छ । हाल देशभरका २२८ वटा मेडिकल कलेज तथा शिक्षण संस्थाहरू बन्द अवस्थामा पुगेको उनको भनाई छ ।
आफ्ना माग पुरा नहुँदासम्म माइतीघर मण्डलाबाट पछि नहट्ने उनीहरूको अडान छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल