Oct 28 2026 | २०८३, कार्तिक १२गते

एनओसी नलिई भारतीय शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

एनओसी नलिई भारतीय शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

  • 1.2K
    SHARES

  • एनओसी नलिई भारतीय शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

    वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिई भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ । 

    वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिईकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताए । उनले त्यसका लागि सम्बद्ध निकायले सूचना जारी गर्नुपर्ने बताए । 

    अहिले नेपाली विद्यार्थीहरू नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् । मङ्गलवार शिक्षा पत्रकार सञ्जालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै काप्रीले भारतीय सीमामा नर्सिङ कलेज खुलेको बारेमा कसले अनुसन्धान गरेको छ ? भन्दै प्रश्न गरे । 

    उनले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले नियमनकारी निकायको प्रभावकारिता नदेखिँदा अभिभावक र विद्यार्थीहरू अन्योलमा परेको बताए ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा अयोगले समन्वय नगर्दा समस्या निम्तिएको बताए । उनले भारत सरकारले १५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये अधिकांश बोर्डरमा कलेज स्थापना भएको बताए । 

    अधिकारीले आयोगले प्रभावकारी समन्वय नगर्दा अहिले ७३ वटा नर्सिङ कलेज बन्द अवस्थामा रहेको बताए । उनले आयोगले  सिटिइभिटी र विश्वविद्यालयको सम्बन्धन लिएको कलेज चलाउन नपाइने र फुटाउनुपर्ने भनेर अपव्याख्या गरेको बताए ।

    कार्यक्रममा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले स्तरोन्नतिको मापदण्डमा आशय पत्र भन्ने व्यवस्था नै नरहेको बताए । उहाँले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थाहरूलाई राज्यले पेल्न खोजेको बताए । 

    चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा टकराब हुँदा नर्सिङ शिक्षामा समस्या सिर्जना भएको छ ।


    images
    शुक्रवार, भाद्र ८ २०८०१२:३४:००

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल