Oct 28 2026 | २०८३, कार्तिक १२गते

फेसबुक म्यासेन्जरबारे केही राेचक जानकारी, जुन तपाईंलाई थाहा नहुनसक्छ ?

फेसबुक म्यासेन्जरबारे केही राेचक जानकारी, जुन तपाईंलाई थाहा नहुनसक्छ ?

  • 1.5K
    SHARES

  • फेसबुक म्यासेन्जरबारे केही राेचक जानकारी, जुन तपाईंलाई थाहा नहुनसक्छ ?

    करिब डेढ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुकको मेसेन्जर प्लेटफर्म मेसेन्जर फेसबुक जत्तिकै लोकप्रिय बनिसकेको छ । यसमा मेटा कम्पनीले विभिन्न नयाँ नयाँ फिचरहरु थपिरहेको हुन्छ ।

    मेसेजिङ एपमा प्रयोगकर्ता संख्याको हिसाबले मेसेन्जरभन्दा अगाडि केवल ह्वाट्सएप मात्र रहेको छ । मेटा कम्पनी मातहतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएपलाई एकीकृत गर्ने प्रयास मार्क जुकरबर्गले गरिरहेका छन् । फेसबुक मेसेन्जरमा कम्पनीले मनी ट्रान्सफरदेखि भिडियो कल र इनक्रिप्सन लगायतका फिचर ल्याइसकेको छ ।

    धेरै मानिसहरुले आफ्नो फोनमा मेसेन्जर प्रयोग गर्ने भएपनि यसलाई facebook.com लगइन नगरिकनै डेस्कटपमा समेत मेसेन्जर चलाउन सकिन्छ । विन्डोज र म्याकमा लागि मेसेन्जरको डेस्कटप एप नै उपलब्ध छ र यसमा मोबाइल एपमा जस्तै सबै फिचरहरु उपलब्ध छन् ।

    मेसेन्जरबाट अन्य एपमा कुराकानी

    फेसबुकले इन्स्टाग्राम तथा ह्वाट्सएपमा अर्बौं डलर खर्च गर्नुअघि फेसबुक च्याटको रुपमा मेसेन्जर पहिलोपटक सन् २००८ मा लञ्च भएको हो । हाल तीनवटै प्लेटफर्म आफ्नो स्वामित्वमा रहेसँगै मेटा कम्पनीले यी प्लेटफर्मलाई मर्ज गर्ने प्रयास गरिरहेको छ । अहिले यदि तपाईंले मेसेन्जर चलाइरहनुभएको छ भने एप स्वीच नगरिकनै कसैसँग इन्स्टाग्राममा कुरा गर्न सक्नुहुन्छ ।

    मेटा कम्पनीका मेसेजिङ एपहरुबीच एकबाट अर्कोमा पहुँचलाई रोक्नका लागि तपाईंले Settings > Privacy > Message Delivery मा जानुपर्छ । यसबाट तपाईंले इन्स्टाग्रामका साथीहरुले तपाईंलाई मेसेन्जरबाट सिधै मेसेज गर्न सक्छन् वा तपाईंले त्यसका लागि सुरुमा approve गर्नुपर्ने वा पूर्णरुपमा त्यस्तो पहुँच रोक्ने कुरा छान्न सक्नुहुन्छ ।

    फिचरले स्क्रिनसट नोटिफिकेसन्सलाई सपोर्ट गर्छ ।

    Create Stories and Video Messagesp

    मेसेन्जरमा पनि तपाईंले इन्स्टाग्राममा जस्तै भिडियो मेसेजहरु कम्पोज गरेर पठाउन सक्नुहुन्छ । यसका लागि तपाईंले मोबाइलमा क्यामरा आइकन ट्याप गरी भिडियो रेकर्ड गर्नका लागि सेन्टर आइकन होल्ड गर्नुपर्छ । साथै तपाईंले फिल्टरयुक्त भिडियो क्लिप लोड गर्न र अन्य कस्टमाइजेसन पनि गर्न सक्नुहुन्छ ।

    मत सर्वेक्षण गर्ने

    फेसबुक मेसेन्जरमा तपाईंले कुनैपनि विषयमा मत सर्वेक्षण गर्न वा पोल क्रिएट गर्न सक्नुहुन्छ । यसका लागि आफूले मत सर्वेक्षण गर्न चाहेका साथीहरुको समूहसँग च्याट सुरुवात गर्नुहोस् । त्यसपछि एन्ड्रोइड प्रयोगकर्ताले चारवटा थोप्लावाला आइकनमा र आईओएस प्रयोगकर्ताले प्लस आइकनमा थिचेर Polls मा ट्याप गर्नुपर्छ । त्यसपछि आफ्नो प्रश्न, विकल्प आदि लेखेर Poll सिर्जना गर्न सकिन्छ ।

    त्यस्तै फेसबुक मेसेन्जरमा रहेका अन्य फिचरहरुमा आफ्ना फेसबुक साथीहरुलाई आफ्नो Active Status को बारेमा जानकारी दिने वा नदिने कुरा तय गर्न सकिन्छ । त्यसैगरी एन्ड्रोइड फोनमा मेसेन्जरलाई आफ्नो डिफल्ट एसएमएस एप पनि बनाउन सकिन्छ ।

    फेसबुक मेसेन्जरमा तपाईंले आफ्नो साथीलाई आफ्नो लोकेसन पनि पठाउन सक्नुहुन्छ । त्यसका लागि एन्ड्रोइड प्रयोगकर्ताले चारवटा थोप्लावाला आइकन र आईओएसमा प्लस आइकनमा थिच्नुपर्छ । त्यसपछि Location मा ट्याप गर्नुपर्दछ भने आईओएसमा लोकेसन आइकन छान्नुपर्दछ । त्यसपछि फेसबुकले तपाईंको अहिलेको लोकेसनसहितको नक्सा देखाउँछ । तपाईंले त्यसलाई ६० मिनेटका लागि सेयर गर्न वा आफ्नो एकिन लोकसनका लागि पिन राख्न सक्नुहुन्छ । तपाईंले उक्त लोकेसनको लिंक मेसेन्जरमा साथीहरुलाई पठाउन सक्नुहुन्छ । तपाईंले त्यसका लागि ब्याकग्राउण्डमा आफ्नो लोकेसन सेयर गर्नका लागि मेसेन्जरसँग अनुमति माग्नुपर्छ।

    त्यस्तै मेसेन्जरमा डार्क मोड बनाउन, विभिन्न खालका इमोजीहरु पठाउन, मेसेज अनसेन्ड गर्ने, एकभन्दा धेरैवटा फेसबुक अकाउन्ट थप्नेलगायत उपयोगी फिचर पनि रहेका छन् । एजेन्सीको सहयोगमा

    images
    बिहिवार, फाल्गुण १८ २०७९०१:३१:२१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल