Oct 29 2026 | २०८३, कार्तिक १३गते

भारतीय कम्पनीको औषधिबाट ६६ बच्चाको मृत्यु

भारतीय कम्पनीको औषधिबाट ६६ बच्चाको मृत्यु

  • 1.2K
    SHARES

  • भारतीय कम्पनीको औषधिबाट ६६ बच्चाको मृत्यु

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ ।

    गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो । बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भनेअनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप (रुखा-खोकीको औषधि) उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ ।

    बुधबारको मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ, जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बच्चाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’ डब्ल्यूएचओले अगाडि भनेको छ, ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ । डब्ल्यूएचओले यसको जाँच गरिरहेको छ ।

    यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको छ । तर अन्य देशहरुमा पनि वितरण भएको हुनसक्छ ।’ डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ ।

    डब्ल्यूएचओका अनुसार ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन

    images
    बिहिवार, आश्विन २० २०७९१२:३२:३३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल