Oct 29 2026 | २०८३, कार्तिक १३गते

कस्तो पोषणयुक्त खाना खाने ?

कस्तो पोषणयुक्त खाना खाने ?

  • 1.1K
    SHARES

  • कस्तो पोषणयुक्त खाना खाने ?

    संसारमा ४ दशमलव ३ प्रतिशत मानिसमा मात्र कुनै स्वास्थ्य समस्या नभएको र एक तिहाइ अर्थात् २ अर्ब ३० करोड मानिसमा पाँचभन्दा बढी रोग भएको कुरा सन् २०१३ को लान्सेटमा प्रकाशित ग्लोबल बर्डन अफ डिजिज स्टडिजको अध्ययनले देखाएको छ ।

    १८८ देशमा अनुसन्धानकर्ताहरूले गरेको २०० रोगहरूको अवस्था तथा २३ सय रोगले ल्याएको परिणामबारे विश्लेषण गरेका थिए । यसमा धेरै रोग जीवनशैलीसँग सम्बन्धित छन् । धेरैजसो मानिस आफ्नो जीवनशैली परिवर्तन गर्न चाहँदैनन् तर सबै मानिसलाई जीवनशैली परिवर्तन स्वास्थ्यका लागि प्रभावकारी छ भन्ने जानकारी भने दिनुपर्छ । प्रायः मानिसलाई आफूले अँगालिरहेको जीवनशैली श्रेयष्कर लाग्छ । बिरामी नपरी, विज्ञले सुझाव नदिई या कुनै मेडिकल घटना नभई धेरै मानिस जीवनशैली बदल्न चाहँदैनन् ।

    विभिन्न व्यापारिक कारणले पोषणबारेको भ्रामक जानकारीले गर्दा सही जीवनशैली अङ्गीकार गर्न अन्योल परेको केही मानिसलाई देख्न पनि सकिन्छ । खानाको उत्पादन तथा उपभोगमा पश्चिमी मुलुकहरूले अख्तियार गरेको नीति तथा प्रविधिको विकासले प्रायः विश्वभरि नै प्रभाव परेको छ । पश्चिमी मुलुकको खाना भनेको ठूलो मात्रामा उत्पादन हुने प्रशोधित खाना, रातो मासु, धेरै चिल्लो, दूध तथा यसका परिकार, उच्च चिनीयुक्त खाना, प्याकेटमा रहेको तयारी खाना भनेर चिनिन्छ । यसलाई स्ट्यान्डर्ड अमेरिकन डाइट भनेर पनि चिनिन्छ । यस्तो खानाको लहर संसारभरि फैलने क्रमजारी छ । यस्तो खानाले कार्डियोभास्कुलर (मुटु तथा सञ्चार रोग जस्तै स्ट्रोक), मधुमेह, क्यान्सर, डिमेन्सिया जस्ता रोगहरू लाग्ने मात्र नभएर ठूलो सङ्ख्यामा मानिसहरू डिप्रेसनको सिकार भइरहेका छन् । पश्चिमी फास्ट फुड रेस्टुराहरू खुल्ने क्रम जारी रहेको छ । यस्ता फास्ट फुड या जङ्क फुड मानिसको स्वाद मिल्दो बनाइएको हुन्छ । यो नसादार हुन्छ ।

    यस्तो खानाको बानी परेपछि बच्चादेखि वृद्धसम्म धेरैलाई यो खानालाई छोड्न निकै कठिनाइ हुन्छ । पोषणसम्बन्धी मानिसमा यकिन जानकारीको पनि कमी रहेको छ । संसारभर दीर्घ रोगले ग्रसित हुने क्रम द्रुत गतिमा बढिरहेको छ । यसको खास कारण खोतल्न पोषणको इतिहासतर्फ फर्कन जरुरी छ । वर्तमानसम्मको खानाको विकास केलाउने हो भने यस्ता रोगहरूको आगमन कसरी भयो भनेर बुझ्न सजिलो हुन्छ ।

    images
    सोमवार, श्रावण २ २०७९०८:१८:०८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल