Oct 28 2026 | २०८३, कार्तिक १२गते

कतार एअरवेजले काठमाडौ माथी आकाशमा १७ पटक माथी फन्को लगाइरह्यो

कतार एअरवेजले काठमाडौ माथी आकाशमा १७ पटक माथी फन्को लगाइरह्यो

  • 1.4K
    SHARES

  • कतार एअरवेजले काठमाडौ  माथी आकाशमा १७ पटक माथी  फन्को लगाइरह्यो

    आज कतार एअरवेजले काठमाडौ उपत्यकाको माथी आकाशमा बारम्बार फन्को लगाइरह्यो । झण्डै १७ पटक घुम्न बाध्य यो विमान अन्तिममा आएर बल्ल अवतरण भयो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त भएको हो । धेरै जहाज आकाशमै होल्ड भएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका छन् ।

    कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाएको छ । कतारकै अर्को जहाज पनि आकाशमै घुमेको छ भने भारतबाट आएको विस्तारा एअरलाइन्सको जहाजले पनि फन्का लगाएको छ ।

    केही आन्तरिक जहाज घुमिरहेका छन् भने केही डाइभर्ट भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

    images
    बिहिवार, फाल्गुण १९ २०७८०६:४०:०५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल