सोमवार, माघ १० २०७८
अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको क्युरिओसिटी नामक यानले उक्त ग्रहमा बैज्ञानिकहरुलाई नै सोच्न बाध्य बनाउँने रहस्य फेला पारेको छ । यसले अब मंगलमा कुनै बेला प्राणीहरुको अस्तित्व थियो भन्ने पुष्टि हुन्छ । त्यहाँ कुनै बेला जीवको अस्तित्व रहेको संकेत फेला पारेपछि वैज्ञानिकहरु थप हौसिएका छन् ।
अनुसन्धानका क्रममा क्युरिओसिटी यानले संकलन गरेका चट्टानमा जैविक कार्बन (अर्गानिक कार्बन) को मात्रा रहेको पाइएको मेट्रो समाचार माध्यमले जनाएको छ । ट्टानमा रहेको जैविक कार्बन कुनै बेला मंगल ग्रहमा बाँच्ने कीराको रहेको हुन सक्ने अनुमान गरिएको छ ।
मंगल ग्रहका आधा दर्जन स्थानबाट संकलित चट्टानको भित्री पत्रको विश्लेषणपछि प्राचीन कार्बन चक्र पहिचान गरिएको हो । संकलित नमुनामा चट्टानमा २ अर्ब ७० करोड वर्ष पहिला अष्ट्रेलियामा फेला परेको सूक्ष्म जीवाणुको अवशेष झल्काउने ‘जैविक आधार’ रहेको समाचारमा उल्लेख छ ।
चट्टानको कार्बनमा रहेका दुईवटा स्थिर आइसोटपबाट कार्बन उत्पत्तिको स्रोत पत्ता लगाइएको हो । नासाको क्युरिओसिटी यानले ९ वर्षदेखि मंगल ग्रहको गेल क्रेटरको अन्वेषण गरिरहेको छ । यानले झण्डै साढे ३ अर्ब पुरानो ‘डिप लेक’ ठानिएको उक्त क्रेटरभित्र ड्रिलिङ गर्दै प्राप्त नतिजा पृथ्वीमा पठाउँदै आएको छ ।
यो खोजले मंगल ग्रहमा जीवको अस्तित्व छ र अब मानव बस्ति बसाउन सकिन्छ भन्ने तथ्य नजिक पुग्न सहयोग गरेको वैज्ञानिकहरुको दावी छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल