बुधवार, माघ ५ २०७८
नेपालमा गत २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण हालसम्मकै धेरै पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार ५०२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ७८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ५०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पाँच हजार ३३१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८५० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको सङ्क्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा चार जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल