Oct 28 2026 | २०८३, कार्तिक १२गते

वैज्ञानिकले बनाए सन्तान जन्माउन सक्ने रोबोट

वैज्ञानिकले बनाए सन्तान जन्माउन सक्ने रोबोट

  • 2.1K
    SHARES

  • वैज्ञानिकले बनाए सन्तान जन्माउन सक्ने रोबोट

    वैज्ञानिकहरूले बनाएको जीवित रोबोटले सन्तान जन्माउन सक्ने भएको छ । अमेरिकी वैज्ञानिकले बनाएको जिनोबोट नामक जैविक रोबोटले वनस्पति र प्राणीको भन्दा फरक तरिकाले सन्तान उत्पादन गर्न सक्ने सीएनएनले जनाएको हो।                                                                        आर्टिफिसियल इन्टेलिजेन्समार्फत् पहिलो पटक डिजाइन गरिएको सिनोबोटले आफ्नो मर्मत आफैं गर्न र आफू जस्तै सन्तान जन्माउन सक्छ ।जैविक रोबोटसम्बन्धी नयाँ अध्ययनलाई पीएनएएस नामक जर्नलमा सोमबार प्रकाशित गरिएको छ ।                                                                                                                                                    कच्चा पदार्थबाट आफू जस्तै सन्तान जन्माउन सक्ने स्वचालित रोबोटको अवधारणा पहिलो पटक सन् १९४८ मा हंगेरीका गणितज्ञ जोन भोन न्युम्यानले अघि सारेका थिए । हाल आएर न्युम्यानकको अवधारणाले सार्थकता पाएको छ। आफैं सन्तान जन्माउन सक्ने रोबोट जैविक रुपमा बनाइएको हो। अर्थात् यो एल्युमिनियम, प्लास्टिक वा स्प्रोकेटबाट बनेको रोबोट होइन। प्रजनन क्षमता भएको मूल रोबोट र यसबाट जन्मिने सन्तानमा पूरै जैविक गुणहरू हुन्छन् ।                                                                                                                            अफ्रिकामा पाइने जिनोपस लेभिस नामक भ्यागुताको ‘स्टेम सेल’ (मूल कोषिका) बाट निर्माण गरिएको हुनाले सन्तान जन्माउने पहिलो रोबोटको नाम जिनोबोट राखिएको समाचारमा उल्लेख छ । एक मिलिमिटरभन्दा कम चौडाइ रहेको जिनोबोट हिड्न, समूहमा काम गर्न र आफ्नो उपचार आफैं गर्न सक्छ । जिनोबोटलाई भर्मोन्ट, टुफ्ट्स र हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका हुन् । प्राणी वा वनस्पतिको भन्दा निकै भिन्न प्रकारको जैविक प्रजनन क्षमता पत्ता लागेपछि वैज्ञानिक आफै चकित बनेका छन् । ‘यसबाट म चकित भएको छु’, नयाँ अनसन्धानमा संलग्न टुफ्ट्स विश्वविद्यालयका जीवशास्त्री माइकल लेभिनले भने ।वैज्ञानिहरूले जिनोबोट बनाउने क्रममा भ्यागुताको भ्रूणबाट जीवित ‘स्टेम’ कोशिषा लिकालेर कोरल्नका लागि इन्कुबेटरमा राखेका थिए ।                                                                                                                                          अनुसन्धानको नेतृत्व गरेका भर्मोन्ट विश्वविद्यालयका रोबोट विज्ञ एवं कम्प्युटर वैज्ञानिक जोश बोनगार्डले भ्यागुताको कोशिषामा कुनै आनुवंशिक परिवर्तन नगरिकनै जैविक रोबोट बनाएको बताए । ‘अधिकांश मानिसले धातु वा सेरामिक्सबाट रोबोट बन्ने ठान्छन् तर मानिसका लागि आफैं काम गर्न सक्ने रोबोट यसरी मात्रै बन्दैन’, बोनगार्डले भने, ‘यसरी हेर्दा यो रोबोट पनि हो र आनुवंशिक परिवर्तनबिनै भ्यागुताको कोषिकाबाट बनेको जीवित वस्तु पनि हो ।’ सीएनएनबाट

    images
    शुक्रवार, मंसिर १७ २०७८०८:०३:४५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल