Oct 28 2026 | २०८३, कार्तिक १२गते

बुद्ध एयरको जहाजमा देखिएको समस्या के हो ?

बुद्ध एयरको जहाजमा देखिएको समस्या के हो ?

  • 3.6K
    SHARES

  • बुद्ध एयरको जहाजमा देखिएको समस्या के हो ?

    चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका थिएनन् । तर जब काठमाडौंमा पनि जहाज अवतरण गरेन र फनफनी घुम्न थाल्यो, के भएको हो भनेर सोधीखोजी गरे । विमान अवतरणका लागि धावनमार्ग नजिक पुग्दै फर्किँदा एम्बुलेन्स, सुरक्षाकर्मी सबै तयारी हालतमा राखेको देखेपछि यात्रुहरुको रुवासबासी नै चल्यो । विमानका यात्रु प्रताप लिम्बु भन्छन्, ‘अब जिन्दगी यत्ति नै रहने भयो भन्ने भएको थियो ।’ यद्यपि ल्याण्डिङ गियर खुल्यो र विमान सहज अवतरण भयो । विमानमा भएकाहरु त दोस्रो जीवन पाएको भन्दै खुसी मनाए ।                                                                                            विमानस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र अरु यात्रुहरुले पनि ताली बजाएर दुर्घटना टरेकोमा खुसी साटे । बुद्ध एयरका एक कर्मचारी भन्छन्, ‘सास नै अड्किएला जस्तो भएको थियो तनावले ।’ सोमबार नै काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको अर्को जहाजमा पनि प्राविधिक समस्या देखिएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार जहाजको ककपिटमा धुँवा देखिएपछि काठमाडौंमै फर्काएर अवतरण गराउनु परेको थियो । ११ साउनमा बुद्धको एक जहाज काठमाडौंबाट धनगढीका लागि उडेको समयमा प्राविधिक समस्या आएपछि काठमाडौं नै डाइभर्ट गरी अवतरण गराइएको थियो । सोही दिन काठमाडौंबाट नेपालगञ्ज उडेको जहाजमा भने एक यात्रु बेहोस भएपछि काठमाडौं नै फर्काएर यात्रुलाई झारेर जहाज पुनः उडेको थियो । सबै घटनामा कम्पनीले ‘सुरक्षामा शून्य सहनशीलता’को सिद्धान्त अपनाएको बताएको छ ।                                                                                            सोमबार पनि बुद्ध एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुरक्षामा शून्य सहनशीलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएका हुन् ।’ के भन्छ बुद्ध एयर ? बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गियरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । सोमबार विराटनगरका लागि उडेको जहाज अवतरण गर्न खोज्दा प्राइमरी इण्डिकेटर देखिएन । विराटनगर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले समेत जहाजको पाङ्ग्रा खुलेको देखेनन् । विमान काठमाडौं फर्कियो । किनकी फायर फाइटिङदेखि एम्बुलेन्ससम्म सुविधाका लागि काठमाडौं विमानस्थल सबैभन्दा सुरक्षित विमानस्थल हो । बुद्ध एयरका अनुसार प्राइमरी इन्डिकेटरमा नदेखिए पनि सेकेन्डरी इण्डिकेटरमा सबै ठीकठाक थियो ।                                                                            काठमाडौं आइसकेपछि क्याप्टेनलाई बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी गराइएको थियो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका जहाजलाई धावनमार्गको नजिकबाट उडाउन भनिएको थियो । त्यसक्रममा प्राविधिकले पाङ्ग्रा खुलेको निश्चित गरेपछि जहाजलाई अवतरण गर्न अनुमति दिइएको थियो । यद्यपि विमानस्थल प्रशासनले हवाई सुरक्षा सुनिश्चित गर्न उद्धार टोली, फायर फाइटिङ टोली र मेडिकल टोली सबै यारी अवस्थामा राखेको थियो । कुनै कारणवशः पाङ्ग्रा नखुलेको अवस्थामा धावनमार्गमा कार्पेट जस्तै फम राखिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक इन्जिनियरका अनसार यसले जहाजमा आगलागी हुनबाट जोगाउँछ । तर आज यस्तो फम धावनमार्गमा विच्याउन परेन । किन दोहोरिरहेको छ प्राविधिक समस्या ? बुद्ध एयरसँग एटीआर कम्पनीका जहाज छन् । विमानस्थल परिसरमै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याएको छ । त्यसैले सुरक्षामा लापरवाही नगरिएको कम्पनीको दाबी छ । बरु सुरक्षाकै लागि सुविधा कम भएको विमानस्थलमा अवतरण प्रयास नगरी जहाजलाई काठमाडौं डाइभर्ट गरिएको उसले बताएको छ ।                                                                                                          नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार सोमबार भएका दुई समस्याबारे प्राविधिक टोलीले जाँच/अनुगमन गर्नेछ । समस्या सामान्य हो जस्तो लागेमा कम्पनीलाई सचेत गराएर सुरक्षा अभिवृद्धि गर्न लगाइन्छ । ‘इन्सिडेन्ट (दुर्घटना बाहेकका घटना)’ हरुमा छानविन समिति बनाउने प्रचलन छैन । तर आन्तरिक रुपमा प्राविधिकले गर्ने अध्ययनबाट समस्या पहिचान गरिनेछ । यात्रुले भने नेपालमा जहाजहरु थोत्रा/पुराना भएकाले समस्या आएको हो कि भन्दै आंशका गर्छन् । हवाई इन्जिनियरहरुले भने समग्र जहाजको आयु भन्दा त्यसमा राखिएका छुट्टा–छुट्टै पार्टपूर्जामा आउने समस्याका कारण प्राविधिक समस्या देखिन्छ, जसलाई जहाजको आयुसँग जोडेर हेर्न मिल्दैन । प्राधिकरणका एक पूर्वमहानिर्देशकका अनुसार जहाजमा इन्जिनदेखि हरेक पाटपूर्जाको छुट्टा–छुट्टै आयु हुन्छ, त्यो आयु अनुसार सबै ठिकठाक छ की छैन भनेर निरन्तर चेकजाँच गर्नुपर्ने हुन्छ । उनका अनसार जहाजमा कुनै समस्या उडान अगाडि नै पत्ता लागेमा इन्जिनियरले तत्काल समस्याको समाधान खोज्न थाल्छन् । उडिरहेको समयमा समस्या देखिए पाइलटले जतिसक्दो छिटो सुरक्षित अवतरणको प्रयास गर्छन् ।                                                                                                                    हवाई कम्पनी र नियामक निकायलाई नेपालको कानूनले मात्र नभई अन्तर्राष्ट्रिय कानून र निकायले निरन्तर निगरानी गरिरहेका हुन्छन् । त्यसेले बुद्ध एयरले सुरक्षामा सम्झौता नगरेको हुनुपर्ने ती पूर्वमहानिर्देशक बताउँछन् । बुद्ध एयरले पनि विज्ञप्ती जारी गर्दै कम्पनी हवाई सुरक्षाका लागि प्रतिवद्ध रहेको पुनः दोहोर्‍याएको छ

    images
    मंगलवार, आश्विन १२ २०७८०६:४९:४७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल