Oct 29 2026 | २०८३, कार्तिक १३गते

कति समयमा कति तौल घटाउने ?

कति समयमा कति तौल घटाउने ?

  • 1.7K
    SHARES

  • कति समयमा कति तौल घटाउने ?

    व्यस्त जीवनशैली, अस्वस्थकर खानपानका कारण मोटोपनाको समस्या बढ्दो छ। मोटोपनाले विभिन्न रोगहरु समेत निम्त्याइरहेको छ।                                                                                                    मोटोपना घटाउनका लागि मानिसहरुले विभिन्न डाइटदेखि व्यायामहरु गर्छन्। अहिले त विभिन्न डाइटहरुको प्रचलन नै चलेको छ। किटो, इन्टरमेटिङ फास्टिङ, प्रोटिन लगायत विभिन्न डायटलाई तौल घटाउनका लागि प्रयोग गर्ने गरिन्छ।                                                                                                      पोषणविद् प्रा डा मनसा थापा ठकुराठी भने यी डाइटहरु सबैका लागि उपयुक्त नहुने बताउँछिन्। तौल घटाउन आफूखुसी गरिने विभिन्न किसिमको डाइटले शरीरलाई फाइदा गर्नुको साटो बेफाइदा गर्ने उनको भनाइ छ। उनले भनिन्, ‘तौल घटाउँदा कडा किसिमको डाइटिङ गर्नु हुँदैन। आफ्नो शरीरको स्वास्थ्य र अवस्थालाई ध्यान दिएर सोही किसिमको डाइट प्रयोग गर्नुपर्छ। आफूखुसी गर्नु हुँदैन।’ एक महिना तथा एक सातामै धेरै तौल घटाउन नहुने पनि उनले बताइन्। एकै पटक धेरै तौल घटाउनुभन्दा विस्तारै समय लिएर स्वस्थ तरिकाले तौल घटाउन उपयुक्त र फाइदाजनक हुने उनको सुझाव छ। ‘हतारिएर एकै महिनामा ५ किलो, १० किलो तौल घटाउने लक्ष्य राख्नु हुँदैन। यो अस्वथर तरिका हो,’ उनले भनिन्। एकै पटक धेरै तौल घटाउँदा पछि गएर स्वास्थ्यमा असर पर्ने उनले बताइन्।                                                                                पोषण विज्ञानको सिद्धान्तअनुसार एक महिनामा एक किलो मात्र तौल घटाउनु उपयुक्त हुने उनले जानकारी दिइन्। धेरै चिल्लो, गुलियो, मसालादार खानेकुरा कम गर्नु पर्दछ। उनका अनुसार स्वस्थ तरिकाले तौल घटाउने प्रक्रियामा करिब तीन महिनापछि मात्र नतिजा देखिन थाल्छ। खानेकुरा कटौती गरेर भन्दा पनि सही छनोट गर्न आवश्यक छ।                                                                                हाल डाइटलाई लिएर विभिन्न गलत धारणाहरु बढीरहेको उनको बुझाइ छ। एकै पटक धेरै तौल घटाउँदा त्यसलाई निरन्तरता दिन मुस्किल हुने उनले बताइन्। शरीरको अवस्था, उमेर र आवश्यकता अनुसार मात्र तौल घटाउन उनको सुझाव छ।

    images
    शनिवार, आश्विन २ २०७८०९:२०:४६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल