Oct 29 2026 | २०८३, कार्तिक १३गते

कोरोना भन्दा हानिकारक 'निपा' भाइरस भारतमा देखियो : चमेरो र सुँगुरबाट सावधान रहन अपिल

कोरोना भन्दा हानिकारक 'निपा' भाइरस भारतमा देखियो : चमेरो र सुँगुरबाट सावधान रहन अपिल

  • 2.1K
    SHARES

  • कोरोना भन्दा हानिकारक 'निपा' भाइरस भारतमा देखियो : चमेरो र सुँगुरबाट सावधान रहन अपिल

    छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखा परेपछि नेपालमा पनि रोग फैलन नदिन आवश्यक तयारी शुरु भएको छ । नेपालमा निपाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन तथा अर्को महामारीसँग जुध्न भनेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले हिजो जनआस्थासँग कुराकानी गर्दै कोरोना महामारीभन्दा घातक रहेको निपा भाइरसको जोखिम उच्च रहेको बताउनुभएको हो ।                                                                “भाइरस एक व्यक्तिबाट अर्कोमा सहजै सर्ने जनाउँदै १० जनालाई निपाले आक्रमण गरेमा ५ जना मात्र जीवित रहन सक्ने बताउनुभयो ।” उहाँले नेपालमा निपाको जोखिम उच्च हुनुका दुई कारण बताउँदै भाइरस चमेरो र सुँगुरबाट सर्ने हुँदा कृषक तथा पशुपालकहरुले विशेष सुरक्षा अपनाउनुपर्नेमा जोड दिनुभयो । साथै भाइरस एक व्यक्तिबाट अर्कोमा सहजै सर्ने जनाउँदै १० जनालाई निपाले आक्रमण गरेमा ५ जना मात्र जीवित रहन सक्ने बताउनुभयो । सन् १९९९ मा मलेसियाका सुँगुर फार्ममा पहिलोपल्ट देखा परेको निपा अहिले भारतमा देखा परेको विशेषज्ञ डाक्टर पुन बताउनुहुन्छ । उहाँका अनुसार निपा भाइरसको मृत्युदर ७५ प्रतिशतसम्म मापन गरिएको छ । निपा सार्ने चमेरो र सुँगुर दुबै नेपालमा पाइने बताउँदै चराचुरुङ्गीले खाएर छाडेका फलफूल तथा सुँगुरको मासु नखान पुनले विशेष आग्रह गर्नुभएको छ ।                                                                                                             “ज्वरो आउने, शरीर,घाँटी र टाउको दुख्ने,बिस्तारै रिंगटा लाग्ने,लोलाउने र बेहोस हुने,बान्ता हुने,शरीर कमजोर हुने, नशासम्बन्धी समस्या देखिने, शरीरमा एलर्जीलगायतका अन्य समस्या देखिने,कसै कसैलाई निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने,मानसिक असन्तुलन पैदा गर्ने खालका लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी अचेत अवस्थामा जान सक्ने डाक्टर पुनले बताउनुभयो ।” हालसम्म औषधि फेला नपरिसकेको निपा भाइरसले भारतमा हमला गरिसकेको र नेपालका केही स्थानमा अज्ञात रोगका कारण मृत्यु भएको भनिएकोमा पनि यसको संक्रमण हुनसक्ने उहाँको दाबी छ । उक्त भाइरसले मस्तिष्कमा हमला गर्ने भएकाले पनि यसबाट बच्ने सम्भावना निकै कम रहने पुनले बताउनुभयो । निपा भाइरस लागे नलागेको कसरी चिन्ने ? यो भाइरस संक्रमित मानिसबाट अर्को मानिसमा समेत सर्ने हुँदा अझ भयानक अवस्था सिर्जना हुनसक्ने चेतावनी दिइएको छ । यसको संक्रमणमा ज्वरो आउने, शरीर,घाँटी र टाउको दुख्ने,बिस्तारै रिंगटा लाग्ने,लोलाउने र बेहोस हुने,बान्ता हुने,शरीर कमजोर हुने, नशासम्बन्धी समस्या देखिने, शरीरमा एलर्जीलगायतका अन्य समस्या देखिने,कसै कसैलाई निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने,मानसिक असन्तुलन पैदा गर्ने खालका लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी अचेत अवस्थामा जान सक्ने डाक्टर पुनले बताउनुभयो ।

    images
    आइतवार, भाद्र २७ २०७८१०:३३:४१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल