Oct 29 2026 | २०८३, कार्तिक १३गते

मेडिकल साइन्समा अहिलेसम्मकै दुर्लभ घटना, ५ वटा मिर्गौला भएका व्यक्ति भेटिए !

मेडिकल साइन्समा अहिलेसम्मकै दुर्लभ घटना, ५ वटा मिर्गौला भएका व्यक्ति भेटिए !

  • 1.4K
    SHARES

  • मेडिकल साइन्समा अहिलेसम्मकै दुर्लभ घटना, ५ वटा मिर्गौला भएका व्यक्ति भेटिए !

    अहिलेको समय असम्भव भन्ने कुरा छैन । यो बीचमा मेडिकल विज्ञानलाई चुनौती दिने विश्वको पहिलो घटना देखा परेको छ । सामान्यतया मानिसको दुईवटा मिर्गौला हुन्छ ।                                                                                                        यदि कुनै कारणले मृगौला बिग्रेमा, नयाँ मिर्गौला प्रत्यारोपणको माध्यमबाट प्रत्यारोपण गरिन्छ, र पुरानो मृगौला हटाइन्छ । तर के तपाईंले कहिल्लै सुन्नु भएको छ कि एक व्यक्तिसँग ५ मिर्गौला रहेका छन् । यदि छैन भने आज हामी तपाईंलाई जानकारी गराउन गइरहेका छौं । चेन्नईको एक अस्पतालमा एक बिरामी छन्, जसको शरीरमा ५ वटा मिर्गौला छन् । उनको तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । १४ बर्षको उमेरमा मिर्गौला फेल भयो चेन्नईको प्रसिद्ध निजी अस्पताल मद्रास मेडिकल मिशन हो । अस्पतालका अनुसार त्यहाँ भर्ना भएका एक बिरामीको १४ बर्षको उमेरमा मिर्गौला फेल भएको थियो ।                                                                                                                                                           

    उनको धेरै कम उमेरमा प्रत्यारोपण शल्यक्रिया गर्नुपर्‍यो । बिरामी सन् १९९४ मा १४ वर्षका थिए । त्यसको ९ बर्षपछि उनको समस्या फेरि बढ्यो, फेरी २००५ मा अर्को मिर्गौला प्रत्यारोपण गरियो । सो समयमा प्रत्यारोपण गरिएका दुई र्गिौला १२ बर्ष सम्म चलेका थिए । तर रोगीको अनियन्त्रित उच्च रक्तचापको कारणले पनि प्रत्यारोपण पूर्ण सफल हुन सकेन । त्यसपछि उनले ४ बर्ष सम्म नियमित डायलाइसिस गरिरहनुपर्यो । तर बिस्तारै स्थिति जटिल बन्दै गयो । त्यसपछि, उनको तेस्रो बाईपास शल्याक्रिया यस बर्ष मार्चमा गरेर नयाँ मिर्गौला राखियो  ।                                                                                                                                             

    नयाँ मिर्गौला प्रत्यारोपण, पुरानो फालिएन जब स्थितिमा सुधार भएन, बिरामीको तेस्रो मृगौला प्रत्यारोपण शल्यक्रिया १० अगस्टमा गरियो । शल्यक्रिया सफल भएको अस्पतालको दाबी छ । तर एक अनौठो कुरा बाहिर आयो कि प्रत्यारोपण को समयमा, रोगीका पुराना मिर्गौला हटाइएको छैन् । किन यस्तो भयो भन्ने प्रश्नमा प्रत्यारोपण डाक्टर एस. सरवाननले अनौठो जवाफ दिनुभयो । उहाँका अनुसार नयाँ मिर्गौला राख्दा प्राकृतिक रुपमा पहिलेदेखि भएका दुई मिर्गौला हटाइएको थिएन । मिर्गौला फाल्दा अत्यधिक रक्तस्राव भएर बिरामीको ज्यान जोखिममा नपरोस् भनेर सो कदम चालिएको हो ।

    डाक्टरको दाबी, सम्भवतः यो विश्वको पहिलो घटना हो डा. सरवननले भने कि प्रत्यारोपणको समयमा धेरै समस्याहरु थिए । उहाँका अनुसार त्यहाँ तीन ठूला समस्याहरु देखिए, पहिलो यो थियो कि नयाँ मिर्गौला राख्नको लागी शरीरमा ठाउँ कम थियो । दोस्रो रक्त वाहिकाहरु धमनी वा मिर्गौलाको शिरासंग जोडिएको थियो । तेस्रो, मुत्राशय पहिलेको शल्यक्रियामा घाइते भएको थियो, जसकारण धेरै एन्टिबडीहरु उत्पादन भैरहेको थियो । यी सबैलाई ध्यानमा राख्दै, प्रत्यारोपण गरियो, जुन सफल भयो । डा. सरवननले गरेको दाबी अनुसार यस्तो प्रत्यारोपण बिश्वमा कतै पनि भएको छैन । यो एक धेरै असामान्य शल्यक्रिया हो, जसको लागि एक शोध पत्र भारतमा प्रकाशित गरीएको छैन । डाक्टरले यो पनि भने कि बिरामीको अवस्था अझै केहि महिनासम्म निगरानी गरिनेछ । उनको प्रतिरक्षा प्रणालीले नयाँ अंगहरुमा समस्या ल्याइरहेको छ कि छैन भनेर हेरिनेछ । योसंगै, हेरचाह गर्नुपर्छ कि रोगीको रक्तचापमा कुनै नयाँ समस्या उत्पन्न गर्छ कि गर्दैन् ।

    images
    बिहिवार, श्रावण २८ २०७८१०:३४:३०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल