Oct 28 2026 | २०८३, कार्तिक १२गते

एलियनले पृथ्वीलाई ओखरजस्तै फुटाइदिने विशेषज्ञको चेतावनी

एलियनले पृथ्वीलाई ओखरजस्तै फुटाइदिने विशेषज्ञको चेतावनी

  • 2.2K
    SHARES

  • एलियनले पृथ्वीलाई ओखरजस्तै फुटाइदिने विशेषज्ञको चेतावनी

    पृथ्वीमा अन्य ग्रहका जीव अर्थात एलियन देखिएका धेरै दावीहरु गरिएका छन् । विभिन्न समयमा पृथ्वीमा एलियन देखिएका र उडन तश्तरीहरु आएका विषयमा धेरै कुराहरु सुन्न पाइन्छ । तर, एक युएफओ विशेषज्ञले भने निकै डरलाग्दो दावी गरेका छन् ।                                                                           

    युएफओ विशेषज्ञ निक पोपले यदि एलियनहरु पृथ्वीमा कब्जा गर्ने उद्देश्यले आए भने मानिससँग बच्ने कुनै पनि विकल्प नहुने चेतावनी दिएका छन् । पोपका अनुसार एलियनले पृथ्वीलाई ओखरलाई जस्तै फुटाइदिनेछन् ।                                                                                              अमेरिकी रक्षा मन्त्रालयको लागि युएफओको अनुसन्धान गर्ने विशेषज्ञ पोपका अनुसार यदि अन्य ग्रहका प्राणीले पृथ्वीमाथि आक्रमण गरे भने मनुष्य जातिको लागि यो आक्रमणको सामना गर्नु असम्भव हुनेछ किनकि उनीहरुको हतियार र प्रविधि हाम्रो भन्दा अरबौं वर्ष अगाडि हुन सक्छ ।                                                                                 

      डेलीस्टारमा प्रकाशित एक रिपोर्टका अनुसार पोपले एलियनका हतियार अत्यन्तै उन्नत हुने र हामीलाई त्यो जादुजस्तै लाग्ने बताएका छन् । यसअघि गत महिना युएस स्पुक्सले युएफओका विषयमा एक रिपोर्ट प्रकाशित गरेको थियो । यो रिपोर्टमा २००४ पछि अमेरिकी सैन्य पाइलटहरुले १४३ पटक हावामा अज्ञात वस्तुहरु देखेको र यी वस्तुले एलियनको आक्रमणको आशंका बढाएको दावी गरिएको थियो । रिपोर्टमा यो अमेरिकी सेनाको लागि खतरा हुन सक्ने बताइएको थियो । यसअघि एक वैज्ञानिकले पनि एलियनसँग सम्पर्क गर्ने प्रयास गर्दा मानव जाति नै समाप्त हुने चेतावनी दिएका थिए । भौतिक विज्ञानी मार्क बुकाननले यदि एलियन छन् भने तिनीहरुसँग गरिने सम्पर्कले पृथ्वीमा जीवन समाप्त पार्न सक्ने बताएका थिए । बुकाननले चेतावनी दिँदै अन्य ग्रहका प्राणीहरुसँग सम्पर्क नगर्न भनेका थिए ।

    पछिल्लो समय अन्य ग्रहका प्राणीहरुसँग सम्पर्क गर्ने विषयमा जोड दिइएको बताउँदै उनले यो मानवताको लागि खतरा हुन सक्ने चेतावनी दिएका थिए । उनले यदि त्यहाँ जीवन भए त्यो मित्रवत छ भनेर कसले भन्ने भनेर प्रश्न उठाएका छन् । बुकाननका अनुसार हामी एलियनहरुको जुन सभ्यतासँग सम्पर्क गर्ने कोसिस गरिरहेका छौं ती सभ्यता हामी मानिसहरुको तुलनामा कैयौं गुणा धेरै विकसित हुन सक्ने सम्भावना छ । यस विषयमा बेलायत सरकारले भने युएफओका विषयमा जाँच सुरु गर्ने कुनै योजना नभएको बताएको छ । पोपका अनुसार ब्रह्माण्ड करिब १४ अर्ब वर्ष पुरानो हो । यसमा मनुष्य जातिका साथै अरु पनि सभ्यता हुन सक्छन् जो हामीभन्दा पुराना हुन सक्छन् ।                                                                      पोपका अनुसार मानिसले पछिल्लो २–३ सय वर्षमा घोडाबाट गाडी हुँदै हवाइजहाजसम्मको यात्रा तय गरेको छ । हामी समुद्रबाट अन्तरिक्षसम्म पुगेका छौं भने अन्य पुराना सभ्यता कति अगाडि पुगे होलान् भन्ने कल्पना गर्न सकेत नसकिने उनले बताएका छन् ।

    images
    शनिवार, श्रावण १६ २०७८०६:४७:५५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल